+ -

عَنْ عَائِشَةَ أُمِّ المُؤْمنينَ رَضِيَ اللَّهُ عَنْهَا زَوْجِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَعْتَكِفُ العَشْرَ الأَوَاخِرَ مِنْ رَمَضَانَ، حَتَّى تَوَفَّاهُ اللَّهُ، ثُمَّ اعْتَكَفَ أَزْوَاجُهُ مِنْ بَعْدِهِ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2026]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

सम्पूर्ण मुमिनहरूको आमा; नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दश दिनमा इतिकाफ बस्नुभयो। त्यसपछि उहाँका पत्नीहरूले पनि इतिकाफ गर्नुभयो।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2026]

व्याख्या

मुमिनहरूको आमा; आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्,नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानको अन्तिम दश दिनमा लैलातुल कद्र (सबैभन्दा पवित्र रात) को खोजीमा इतिकाफ गर्नुहुन्थ्यो। उहाँले आफ्नो मृत्युसम्म त्यसो गरिरहनुभयो। उहाँपछि उहाँका पत्नीहरूले पनि इतिकाफ गर्नुभयो।

हदीसका केही फाइदाहरू

  1. मस्जिदहरूमा इतिकाफको वैधता। महिलाहरू शरिया नियम अनुसार मस्जिदमा इतिकाफमा बस्न सक्छन्। तर शर्त के हो भने फतनाको जोखिम नहोस्।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) कडाईका साथ इतिकाफ गर्नुहुन्थ्यो, त्यसैले रमजानको अन्तिम दश दिनमा इतिकाफ गर्नु सुन्नत हो।
  3. इतिकाफ एक निरन्तर सुन्नत हो जुन रद्द गरिएको छैन, किनकि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) पछि उहाँका पत्नीहरूले पनि इतिकाफ गरे।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप