عَن أُمِّ سَلَمَةَ أُمِّ المُؤْمِنينَ زَوْجِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رضي الله عنها قَالت: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ كَانَ لَهُ ذِبْحٌ يَذْبَحُهُ فَإِذَا أُهِلَّ هِلَالُ ذِي الْحِجَّةِ، فَلَا يَأْخُذَنَّ مِنْ شَعْرِهِ، وَلَا مِنْ أَظْفَارِهِ شَيْئًا حَتَّى يُضَحِّيَ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1977]
المزيــد ...
मुस्लिमहरूकी आमा, पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी उम्मे सलमा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जोसँग कुर्बानी (बलिदान) को लागि जनावर छ भने उसले जिल-हिज्जाको चन्द्रमा देखे पछि आफ्नो कपाल वा नङ काट्नु हुँदैन जबसम्म ऊ कुर्बानी गर्दैन।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1977]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभयो, जो कोहीले पनि जनावरको बलिदान गर्ने इच्छा राख्छ, उसले जुल-हिज्जाको चन्द्रमा देखेपछि बलिदान नदिईकन आफ्नो टाउको कपाल, काखीको रौं, जुँगा वा हात र खुट्टाको नङ काट्नु हुँदैन।