عَنْ ابْنَ عُمَرَ رَضِيَ اللَّهُ عَنْهُمَا قَالَ: سَمِعْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«إِذَا رَأَيْتُمُوهُ فَصُومُوا، وَإِذَا رَأَيْتُمُوهُ فَأَفْطِرُوا، فَإِنْ غُمَّ عَلَيْكُمْ فَاقْدُرُوا لَهُ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1900]
المزيــد ...
इब्न उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: उनले भने : मैले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"जब तिमीहरूले (रमजानको) चन्द्रमा देख्छौ, तब रोजा राख र जब तिमीहरू (शव्वालको) चन्द्रमा देख्छौ, तब रोजा बस्न छोडिदेऊ । यदि आकाशमा बादल लागेको छ भने अनुमान गर (अर्थात् महिनाको तीस दिन पूरा गर)।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1900]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजान महिनाको सुरुवात र अन्त्यको संकेतहरू वर्णन गर्दै भन्नुभयो: जब तिमीहरू रमजान महिनाको अर्धचन्द्र देख्छौ, तब उपवास बस। यदि बादल लागेको कारणले वा कुनै अवरोधका कारण चन्द्रमा देख्न सकिएन भने, शाबान महिनाको तीस दिन पूरा गर्नुहोस्। त्यसैगरी, जब तपाईंले शव्वालको चन्द्रमा देखियो भने उपवास छोड्नुहोस्। यदि बादल लागेको कारणले वा कुनै अवरोधका कारण चन्द्रमा देख्न सकिएन भने, रमजान महिनाको तीस दिन पूरा गर्नुहोस्।