हदीसहरूको सूची

जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?
عربي अंग्रेजी उर्दू
यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
عربي अंग्रेजी उर्दू
ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।
عربي अंग्रेजी उर्दू
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि
عربي अंग्रेजी उर्दू
खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।
عربي अंग्रेजी उर्दू
इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।
عربي अंग्रेजी उर्दू
“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह पढ्ने व्यक्ति सरह हो ।”
عربي अंग्रेजी उर्दू
पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको जीवन छ, यस समुदायमध्ये जसले मेरो कुरा सुन्दैनन्, चाहे त्यो यहूदी होस् वा ईसाई, त्यसपछि ममाथि आस्था नराखेको अवस्थामा उसको मृत्यु हुन्छ भने ऊ नर्कमा जानेछ ।
عربي अंग्रेजी उर्दू
जुँगा लाई काट र दाह्री बढाउ" ।
عربي अंग्रेजी उर्दू
जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ
عربي अंग्रेजी उर्दू
अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको कब्रलाई (चिहान) मस्जिद बनाए
عربي अंग्रेजी उर्दू
सात घातक कुराहरूबाट सावधान रहनुहोस्
عربي अंग्रेजी उर्दू
हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
عربي अंग्रेजी उर्दू
म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु
عربي अंग्रेजी उर्दू
म अल्लाह सामु यस कुरा प्रति असहमति जनाउन्छु , कि तिमीहरूमध्ये कोही मेरो 'खलील' (विशेष साथी) होस्। किनकि अल्लाहले मलाई आफ्नो ‘खलील’ (विशेष मित्र) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम (अलैहिस्सलाम) लाई आफ्नो खलील
عربي अंग्रेजी उर्दू
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
عربي अंग्रेजी उर्दू
निश्चय नै अल्लाहलाई गैरत (आत्म-सम्मान) हुन्छ र मुमिनले पनि गैरत गर्छ । अल्लाहको गैरत यो हो कि मुमिनले कुनै हराम (निषिद्ध) नगरोस्।
عربي अंग्रेजी उर्दू
जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।
عربي अंग्रेजी उर्दू
वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए
عربي अंग्रेजी उर्दू
वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिदहरू बनाउँछन् ।
عربي अंग्रेजी उर्दू
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया)
عربي अंग्रेजी उर्दू
तिमी (अह्ले-किताब) यहुदी र ईसाई समुदायमा जाँदैछौ । त्यहाँ पुगेपछि उनीहरूलाई सबैभन्दा पहिला तौहीद (अल्लाह बाहेक कोही सत्य पुज्य छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ
عربي अंग्रेजी उर्दू
मेरो प्रशंसा गर्नमा बढाइचढाइ नगर, जसरी ईसाईहरूले मरियमको छोराको प्रशंसामा बढाइचढाइ गरेका थिए; म केवल अल्लाहको दास हुँ । त्यसैले मलाई अल्लाहको दास र उहाँको रसूल (दूत) भन ।
عربي अंग्रेजी उर्दू
न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।
عربي अंग्रेजी उर्दू
अल्लाहले उसलाई स्वर्गमा प्रवेश गर्नुहुन्छ, चाहे उसले जुनसुकै काम गरे पनि ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।
عربي अंग्रेजी उर्दू
जो अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ
عربي अंग्रेजी उर्दू
चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए
عربي अंग्रेजी उर्दू
जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।
عربي अंग्रेजी उर्दू
तिमीहरूलाई केही शासकहरूको सामना गर्नुपर्नेछ, जसका केही काम तिमीले सही ठहर्याउनेछौ र केहीलाई अस्वीकार गर्नेछौ। जसले यिनीहरूका खराब कार्यलाई चिने, उसले आफ्नो जिम्मेवारीबाट मुक्त रह्यो, र जसले यस्ता काम को इन्कार गर्‍यो, उसले सलामती पायो। तर जो यसता काममा सन्तुष्ट भयो र समर्थन गर्‍यो, त्यो दोषी हुनेछ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कसैले आफ्नो वुजू तोड्छ भने वुजू नगरुन्जेल अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न ।
عربي अंग्रेजी उर्दू
जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।
عربي अंग्रेजी उर्दू
सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।
عربي अंग्रेजी उर्दू
स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।
عربي अंग्रेजी उर्दू
मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।
عربي अंग्रेजी उर्दू
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي अंग्रेजी उर्दू
मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।
عربي अंग्रेजी उर्दू
मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपर्छ, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले उसका केही पापहरू क्षमा गर्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।
عربي अंग्रेजी उर्दू
एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।
عربي अंग्रेजी उर्दू
अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
عربي अंग्रेजी उर्दू
एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन्
عربي अंग्रेजी उर्दू
सम्बन्ध कायम राख्ने त्यो होइन जसले बदलामा सम्बन्ध कायम गर्छ, तर वास्तवमा सम्बन्धलाई जोगाउने त्यो हो जसले अरुले तोडे पनि उसले जोड्दछ ।
عربي अंग्रेजी उर्दू
जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन त्यस छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।
عربي अंग्रेजी उर्दू
जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।
عربي अंग्रेजी उर्दू
जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।
عربي अंग्रेजी उर्दू
अल्लाहले जसको भलो चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए
عربي अंग्रेजी उर्दू
जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्
عربي अंग्रेजी उर्दू
धर्म भनेको निष्ठा हो
عربي अंग्रेजी उर्दू
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي अंग्रेजी उर्दू
अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ
عربي अंग्रेजी उर्दू
साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ
عربي अंग्रेजी उर्दू
इस्लाम भनेको यो गवाही दिनु कि अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ, सलाह (नमाज) कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरसम्म हज गर्नु हो
عربي अंग्रेजी उर्दू
रिसाउनु हुँदैन
عربي अंग्रेजी उर्दू
कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउन अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।
عربي अंग्रेजी उर्दू
यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी [सहज तरिकाले] जीविका दिनुहुनेछ जसरी चरा लाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
عربي अंग्रेजी उर्दू
जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन
عربي अंग्रेजी उर्दू
हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर
عربي अंग्रेजी उर्दू
हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्
عربي अंग्रेजी उर्दू
वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन्
عربي अंग्रेजी उर्दू
जो नम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।
عربي अंग्रेजी उर्दू
मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक
عربي अंग्रेजी उर्दू
जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।
عربي अंग्रेजी उर्दू
निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।
عربي अंग्रेजी उर्दू
तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु
عربي अंग्रेजी उर्दू
हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।
عربي अंग्रेजी उर्दू
निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
عربي अंग्रेजी उर्दू
शङ्काबाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो
عربي अंग्रेजी उर्दू
अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
हर भलाइ र उपकार दान हो ।
عربي अंग्रेजी उर्दू
कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।
عربي अंग्रेजी उर्दू
बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।
عربي अंग्रेजी उर्दू
जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।
عربي अंग्रेजी उर्दू
जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ
عربي अंग्रेजी उर्दू
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले तिमीलाई सृष्टि गर्नुभएको हो
عربي अंग्रेजी उर्दू
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”
عربي अंग्रेजी उर्दू
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।
عربي अंग्रेजी उर्दू
सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्ने छैन ।
عربي अंग्रेजी उर्दू
दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नातागोतासँग राम्रो सम्बन्ध कायम गरोस् ।
عربي अंग्रेजी उर्दू
जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।
عربي अंग्रेजी उर्दू
जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
عربي अंग्रेजी उर्दू
जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्
عربي अंग्रेजी उर्दू
जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।
عربي अंग्रेजी उर्दू
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार
عربي अंग्रेजी उर्दू
हया (लाज) ईमानको एक भाग हो
عربي अंग्रेजी उर्दू
दुआ (प्रार्थना) नै उपासना हो
عربي अंग्रेजी उर्दू
तिमीहरूले सत्य बोल्नु पर्छ, किनकि सत्यले धर्मको बाटो देखाउँछ र धार्मिकताले पक्कै स्वर्गमा पुर्‍याउँछ ।
عربي अंग्रेजी उर्दू
दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन्
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।
عربي अंग्रेजी उर्दू
दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।
عربي अंग्रेजी उर्दू
जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।
عربي अंग्रेजी उर्दू
जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ
عربي अंग्रेजी उर्दू
अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ
عربي अंग्रेजी उर्दू
निश्‍चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।
عربي अंग्रेजी उर्दू
वास्तवमा, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन
عربي अंग्रेजी उर्दू
(यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) लाई कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन।
عربي अंग्रेजी उर्दू
सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
عربي अंग्रेजी उर्दू
यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।
عربي अंग्रेजी उर्दू
दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।
عربي अंग्रेजी उर्दू
निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।
عربي अंग्रेजी उर्दू
मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
عربي अंग्रेजी उर्दू
अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।
عربي अंग्रेजी उर्दू
निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न
عربي अंग्रेजी उर्दू
मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।
عربي अंग्रेजी उर्दू
सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।
عربي अंग्रेजी उर्दू
यो कुर्आनलाई निरन्तर सम्हाली राख। अल्लाहको कसम; जसको कब्जामा मेरो प्राण छ, यो कुरआन (स्मरणबाट) बाँधिएको ऊँटभन्दा अझ चाँडो फुत्कन्छ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले आँफु कुरआन सिक्छ र अरूलाई सिकाउँछ ।
عربي अंग्रेजी उर्दू
जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।
عربي अंग्रेजी उर्दू
के म तिमीलाई त्यस मिसन/ अभियानमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? तिमीले यदि कुनै पनि मुर्तिलाई देख्यौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो कब्र (चिहान) छ भने त्यसलाई समतल गरी देऊ ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन(आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।
عربي अंग्रेजी उर्दू
त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो
عربي अंग्रेजी उर्दू
जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु स्वीकार्य) हुँदैन ।
عربي अंग्रेजी उर्दू
जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।
عربي अंग्रेजी उर्दू
पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, जसद्वारा तपाईंले महिलाको गोप्य अंगलाई हलाल (वैध) बनाउनुभएको छ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।
عربي अंग्रेजी उर्दू
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।
عربي अंग्रेजी उर्दू
यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन
عربي अंग्रेजी उर्दू
जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
عربي अंग्रेजी उर्दू
जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।
عربي अंग्रेजी उर्दू
जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ
عربي अंग्रेजी उर्दू
जब मानिसले आफ्नो घरपरिवारमा सवाब (पुण्य) को नियतले खर्च गर्छ, त्यो उसको लागि दान (परोपकार) मानिन्छ ।
عربي अंग्रेजी उर्दू
ईमान (विश्वास) का सत्तरी (वा साठी) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा नोक्सान पुर्‍याउने कुरालाई बाटोबाट हटाउनु हो
عربي अंग्रेजी उर्दू
कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै ताविज छ भने त्यो काटियोस् ।
عربي अंग्रेजी उर्दू
जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।
عربي अंग्रेजी उर्दू
उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
عربي अंग्रेजी उर्दू
दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
“अल्लाहले कयामतको दिन नर्कमा सबैभन्दा हल्का सजाय पाउने व्यक्तिलाई भन्नुहुनेछ: यदि पृथ्वीमा भएका सबै चीजहरू तिम्रो भएको भए, के तिमी यो सजायबाट मुक्त हुन ती सबै चीजहरुलाई फिरौतीको रूपमा दिने थियौ? उसले भन्नेछ: हो, दिन्थें !
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
عربي अंग्रेजी उर्दू
यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।
عربي अंग्रेजी उर्दू
हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ
عربي अंग्रेजी उर्दू
हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ ,
عربي अंग्रेजी उर्दू
चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।
عربي अंग्रेजी उर्दू
तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे
عربي अंग्रेजी उर्दू
मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै खुट्टाको औंलाहरूमा सजदा गर्न आदेश दिइएको छ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
عربي अंग्रेजी उर्दू
अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम्
عربي अंग्रेजी उर्दू
उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।
عربي अंग्रेजी उर्दू
के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्ब-ए-हाजत
عربي अंग्रेजी उर्दू
वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।
عربي अंग्रेजी उर्दू
ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।
عربي अंग्रेजी उर्दू
जसले मुस्लिम हाकिमको आज्ञा मान्न इन्कार गर्छ र मुस्लिमहरुको जमात छोड्छ अनि त्यही अवस्थामा मर्छ भने त्यो जाहिलियतको मृत्यु मरेको हो
عربي अंग्रेजी उर्दू
सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।
عربي अंग्रेजी उर्दू
“जसले मुआहद् (मुस्लिमसँग सन्धि भएको गैर-मुस्लिम) को हत्या गर्छ, उसले स्वर्गको सुगन्ध पनि पाउनेछैन, जबकि स्वर्गको सुगन्ध चालीस वर्षको दूरीबाट आउँछ ।”
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो" ।
عربي अंग्रेजी उर्दू
जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।
عربي अंग्रेजी उर्दू
यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ
عربي अंग्रेजी उर्दू
कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।
عربي अंग्रेजी उर्दू
भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन्
عربي अंग्रेजी उर्दू
जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।
عربي अंग्रेजी उर्दू
मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु, त्यसपछि त्यसमा अडिग रहनु।
عربي अंग्रेजी उर्दू
अल्लाहले प्रलयको दिन
عربي अंग्रेजी उर्दू
जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम)
عربي अंग्रेजी उर्दू
अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु
عربي अंग्रेजी उर्दू
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي अंग्रेजी उर्दू
यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो
عربي अंग्रेजी उर्दू
वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।
عربي अंग्रेजी उर्दू
हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।
عربي अंग्रेजी उर्दू
अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ
عربي अंग्रेजी उर्दू
हे अब्बास, अल्लाहका रसूलको काका, अल्लाहसँग यस संसार र परलोकमा शान्ति र कल्याणको लागि प्रार्थना गर्नुहोस् ।
عربي अंग्रेजी उर्दू
अल्लाहले तिमीहरूलाई आफ्ना पिता-पुर्खाहरूको कसम खानबाट मनाही गर्नुहुन्छ
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा युद्धमा एक महिला मारिएको अवस्थामा फेला परेपछि उहाँले महिला र बालबालिकाको हत्याको निन्दा गर्नुभयो ।
عربي अंग्रेजी उर्दू
मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन । यसले केवल कंजूसबाट उसको धन निकालिनेछ ।
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, जब म कुनै चीजको लागि कसम खान्छु र त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिन्छु र राम्रो मात्र रोज्छु।
عربي अंग्रेजी उर्दू
कयामतको (प्रलयको) दिन सबैभन्दा पहिले मानिसहरूबीच जुन कुराको फैसला गरिनेछ त्यो रक्तपात हो ।
عربي अंग्रेजी उर्दू
जो अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्छ, केवल ऊ मात्र अल्लाहको मार्गमा हुन्छ ।
عربي अंग्रेजी उर्दू
“रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनुहोस्, सुन र चाँदीको भाँडाहरूमा नपिउनुहोस् र तिनीहरूका थालहरूमा नखानुहोस् । किनभने यो तिनीहरूका लागि यस लोकमा हो र हाम्रो लागि परलोकमा हो ।
عربي अंग्रेजी उर्दू
जसले यस संसारमा रेशम लगाउँछ, उसले परलोकमा लगाउने छैन ।
عربي अंग्रेजी उर्दू
मैले तिमीहरूलाई शंका गरेकोले कसम खान भनेको होइन । तथ्य के हो भने जिब्रील (उच्च स्वर्गदूत) आएर मलाई भने, अल्लाहले स्वर्गदूतहरूको अगाडि तिमीहरूप्रति गर्व गर्दै हुनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
यी दुवैलाई सजाय दिइँदैछ र उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैन । तिनीहरूमध्ये एक पिसाबबाट बच्दैन्थे र अर्को चुक्ली गर्थे
عربي अंग्रेजी उर्दू
जब तपाईंहरू अजान सुन्नुहुन्छ भने मुअज्जिनले भने जस्तै भन्नुहोस् ।
عربي अंग्रेजी उर्दू
त्यसलाई छोड्देऊ; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो जुत्ता लगाउदा, आफ्नो कपाल कोर्दा, वुजू गर्दा यहाँसम्म आफ्नो सबै मामिलाहरूमा दायाँतिरबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
यो एक प्रकारको रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।
عربي अंग्रेजी उर्दू
आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सीधा गर्नु पूर्ण नामाजको एक भाग हो ।
عربي अंग्रेजी उर्दू
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस् र जसले इस्तिन्जा (ढुंगा आदिले शुद्धता प्राप्त) गर्छ, उसले विजोर सङ्ख्या प्रयोग गरोस्
عربي अंग्रेजी उर्दू
जब मानिस आफ्नो घरमा प्रवेश गर्छ अनि प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: यहाँ न त तिमीहरूका लागि रात बिताउने ठाउँ छ, न त खानाको व्यवस्था
عربي अंग्रेजी उर्दू