हदीसहरूको सूची

1. मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
2. जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ । - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
3. तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
4. “अल्लाहले कयामत (प्रलय) को दिन नर्कका वासीहरूमध्ये सबैभन्दा कम यातना पाउने व्यक्तिलाई सोध्नुहुनेछ: यदि यो पृथ्वीमा भएको सम्पूर्ण कुरा तिम्रो स्वामित्वमा हुन्थ्यो भने, के तिमीले (यो सजायबाट बच्न) त्यसलाई फिरौती स्वरूप दिने थियौ? उसले उत्तर दिनेछ: हो, अवश्य नै दिने थिए
عربي अंग्रेजी उर्दू
5. जसले अल्लाहको वचन (तौहीद) सर्वोच्च होस् भन्ने लक्ष्य लिएर लड्छ, ऊ नै मात्र अल्लाहको मार्गमा लडिरहेको हुन्छ।
عربي अंग्रेजी उर्दू
6. “तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”
عربي अंग्रेजी उर्दू
7. मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।
عربي अंग्रेजी उर्दू
8. नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो । - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
9. कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ ।
عربي अंग्रेजी उर्दू
10. जब तिमीहरू दिशा-पिसाब गर्न जान्छौ, तब किब्लातर्फ न मुख गर, न त पिठ्यूँ फर्काऊ, बरु पूर्व वा पश्चिमतर्फ फर्केर शौच गर
عربي अंग्रेजी उर्दू
11. तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।
عربي अंग्रेजी उर्दू
12. जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तकबीर भनी नमाज सुरु गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
13. अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्
عربي अंग्रेजी उर्दू
14. के म तिमीहरूलाई दज्जाल सम्बन्धी त्यस्ता कुराहरू नबताऊँ, जुन कुनै नबीले आफ्ना अनुयायीहरूलाई भनेका छैनन्? निश्चय नै ऊ एकआँखा भएको (कानो) हुनेछ। ऊ स्वर्ग र नरक जस्तै देखिने वस्तुहरू ल्याउनेछ। तर उसले जसलाई स्वर्ग भन्छ,
عربي अंग्रेजी उर्दू
15. असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
16. अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षा, प्रलोभन) आउनेछन्, - 6 ملاحظة
عربي अंग्रेजी उर्दू
17. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब नमाज पढ्नुहुन्थ्यो, उहाँले (सज्दाको अवस्थामा) आफ्ना दुवै हात (भुइँमा राख्दा) यति फराकिलो पार्नुहुन्थ्यो कि उहाँको काखको सेतोपन देखिन्थ्यो।
عربي अंग्रेजी उर्दू
18. मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।
عربي अंग्रेजी उर्दू
19. मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
20. जनाबत (सम्भोग वा वीर्य निस्केपछि गरिने) स्नानको विधि
عربي अंग्रेजी उर्दू
21. ”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
عربي अंग्रेजी उर्दू
22. तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ ।
عربي अंग्रेजी उर्दू
23. न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।
عربي अंग्रेजी उर्दू
24. “अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ। - 4 ملاحظة
عربي अंग्रेजी उर्दू
25. जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।
عربي अंग्रेजी उर्दू
26. के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ? - 6 ملاحظة
عربي अंग्रेजी उर्दू
27. के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने
عربي अंग्रेजी उर्दू
28. यदि उसले सत्य बोलेको हो भने, ऊ निश्चय नै सफल हुनेछ।
عربي अंग्रेजी उर्दू
29. उदय भएका दिनहरूमध्ये सबैभन्दा श्रेष्ठ दिन जुमाको दिन हो
عربي अंग्रेजी उर्दू
30. त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।
عربي अंग्रेजी उर्दू
31. एकल उपासकहरूले अग्रता लिइसके - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
32. 'अल्लाहको निम्ति धेरैभन्दा धेरै सज्दा गर्ने गर; किनकि जब तिमीले अल्लाहका लागि एउटा सज्दा गर्छौ, अल्लाहले त्यसबापत तिम्रो एक दर्जा उच्च बनाउनुहुन्छ र तिम्रो एउटा पाप मेटाइदिनुहुन्छ।'
عربي अंग्रेजी उर्दू
33. जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ । - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
34. “जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।'
عربي अंग्रेजी उर्दू
35. अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।
عربي अंग्रेजी उर्दू
36. तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।
عربي अंग्रेजी उर्दू
37. “अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।” - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
38. मानिसको शरीरको हरेक जोर्नीमा एक दानको हक लाग्छ।
عربي अंग्रेजी उर्दू
39. कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा
عربي अंग्रेजी उर्दू
40. तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ । - 4 ملاحظة
عربي अंग्रेजी उर्दू
41. जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ
عربي अंग्रेजी उर्दू
42. जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।
عربي अंग्रेजी उर्दू
43. जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमुआको नमाज़मा आउँछ, ध्यानपूर्वक खुत्बा सुन्छ तथा चुप लागेर बस्छ, उसका त्यस शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा गरिन्छन्।
عربي अंग्रेजी उर्दू
44. हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन । - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
45. “हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
عربي अंग्रेजी उर्दू
46. निश्चय नै धर्म सहज छ, र जो कोही पनि यसलाई कठोर रूपमा अपनाउन खोज्छ भने, धर्म उसमाथि भारी पर्नेछ। त्यसैले सधैं सही मार्गमा रह, सन्तुलन कायम राख, र खुशीको खबर प्राप्त गर।
عربي अंग्रेजी उर्दू
47. तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।
عربي अंग्रेजी उर्दू
48. के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले माग गरेको सेवकभन्दा उत्तम छ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब ३३ पटक ‘सुब्हानल्लाह’, ३३ पटक ‘अल्हम्दुलिल्लाह’ र ३४ पटक ‘अल्लाहु अकबर’ भन्ने गर। यो कार्य तिमीहरू दुवैका निम्ति एउटा सेवक प्राप्त हुनुभन्दा धेरै उत्तम छ।
عربي अंग्रेजी उर्दू
49. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
50. जसले कसम खाने क्रममा 'लात र उज्जाको कसम!' भन्यो, उसले तुरुन्तै 'ला इलाहा इल्लल्लाह' (अल्लाहबाहेक कुनै सत्य पूज्य छैन) भन्नुपर्दछ। र जसले आफ्नो साथीलाई 'आऊ, जुवा खेलौँ' भनी प्रस्ताव गर्छ भने, उसले (प्रायश्चित स्वरूप) दान गर्नुपर्दछ।
عربي अंग्रेजी उर्दू
51. “के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
52. अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन।
عربي अंग्रेजी उर्दू
53. जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।” - 4 ملاحظة
عربي अंग्रेजी उर्दू
54. ‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु
عربي अंग्रेजी उर्दू
55. अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन।
عربي अंग्रेजी उर्दू
56. नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
57. जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ। - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
58. फरिश्ताहरू त्यस घरमा प्रवेश गर्दैनन्, जहाँ कुकुर वा तस्बिर ( जीवन्त कुराको चित्र वा मूर्ति) हुन्छ।
عربي अंग्रेजी उर्दू
59. तिमीहरु तागूत (अल्लाह बाहेक अन्य असत्य कुराहरू) को कसम नखाऊ न त आफ्ना पुर्खाहरूको ।
عربي अंग्रेजी उर्दू
60. मेरा सहाबाहरूलाई गाली नगर। (अल्लाहको कसम!) यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत समान सुन खर्च गरे पनि, त्यो उनीहरूको एक 'मुद' (दुई हत्केलाको नाप) वा त्यसको आधा अंशको बराबरीमा पुग्न सक्नेछैन।
عربي अंग्रेजी उर्दू
61. “(नमाजमा) पुरुषहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति (सफ) पहिलो पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति अन्तिम पङ्क्ति हो। त्यस्तै गरी, महिलाहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति अन्तिम पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति पहिलो पङ्क्ति हो।”
عربي अंग्रेजी उर्दू
62. मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
63. निश्चय नै, अल्लाहले मेरो उम्मतको अन्तर्मनमा आउने कुराहरू (खराब विचारहरू) लाई क्षमा गरिदिनुभएको छ, जबसम्म उसले त्यसलाई कार्यमा परिणत गर्दैन वा बोलीद्वारा व्यक्त गर्दैन।
عربي अंग्रेजी उर्दू
64. “जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।” - 2 ملاحظة
عربي अंग्रेजी उर्दू
65. हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।
عربي अंग्रेजी उर्दू
66. म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिएँ। उहाँ एक समुदायको फोहोरको थुप्रो नजिक पुग्नुभयो र उभिएर पिसाब गर्नुभयो।
عربي अंग्रेजी उर्दू
67. “एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस् - 2 ملاحظة
عربي अंग्रेजी उर्दू