عن المِقدام بن معدي كرب رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«إِذَا أَحَبَّ الرَّجُلُ أَخَاهُ فَلْيُخْبِرْهُ أَنَّهُ يُحِبُّهُ».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وأحمد] - [سنن أبي داود: 5124]
المزيــد ...

मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ"

[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 5124]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरू बीचको सम्बन्धलाई बलियो बनाउन र तिनीहरू भित्र आपसी प्रेमको वातावरण सिर्जना गर्न एउटा कारण उल्लेख गर्नुभएको छ । त्यो के हो कि जब कोही व्यक्तिले कसैलाई माया गर्छ भने उसले उसलाई माया गर्छ भनेर बताउनुपर्छ ।

हदीसका केही फाइदाहरू

  1. बिना कुनै सांसारिक स्वार्थ अल्लाहको लागि गरिएको शुद्ध प्रेमको श्रेष्ठटा ।
  2. अल्लाहको लागि कुनै व्यक्तिसँग गरिएको माया बारे उसलाई बताउनु राम्रो कुरा हो, त्यस्ले प्रेम अझ प्रगाढ र बलियो हुनेछ ।
  3. मुस्लिम हरु बीच आपसी प्रेम प्रवर्द्धनले इस्लामिक भाइचारालाई बलियो बनाउँछ र समाजलाई विघटित हुनबाट बचाउँछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप