+ -

عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«حُجِبَتِ النَّارُ بِالشَّهَوَاتِ، وَحُجِبَتِ الْجَنَّةُ بِالْمَكَارِهِ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 6487]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 6487]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले नरक आत्मालाई प्रलोभनमा पार्ने चीजहरूले घेरिएको भनी बताउनुभाएको छ, जस्तै निषेधित(हराम) कार्यहरू गर्नु र अनिवार्य रुपमा गरिने कर्महरु लाई बेवास्ता गर्नु आदि; त्यसैले, जसले आफ्नो मनलाई कामनाको पछि डोर्‍याउन्छ, त्यो नरकमा जानेछ । त्यस्तै स्वर्ग मन नपर्ने कुराहरूले घेरिएको छ, जस्तै अल्लाहको आदेशलाई कडाईका साथ पालन गर्नु, हराम गतिविधिबाट टाढा रहनु र यसमा अडिग रहँदा आउने हरेक समस्याको सामना गर्नु । जब कसैले आफूलाई यी कुराहरू गर्न बाध्य पार्छ, र आफ्नै आकाङ्क्षाविरुद्ध संघर्ष गर्छ भने, ऊ स्वर्गको हकदार बन्दछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक मालागासी इटालियन ओरोमो कन्नड अजेरी उज्बेक युक्रेनी
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मनोवाञ्छा तथा आकांक्षामा पर्नुको एउटा कारण के हो भने शैतानले खराब र गलत कामलाई सुन्दर ढंगले प्रस्तुत गर्छ, अनि हृदयले त्यसलाई राम्रो ठान्छ र त्यसैतिर लहसिन्छ ।
  2. यस हदीसमा अवैध इच्छाहरूदेखि टाढा बस्ने आदेश छ किनकि यो ( इच्छा वासना पछ्याउनु ) नर्क जाने बाटो हो । र अप्रिय1 कर्महरूलाई सहन गर्न प्रोत्साहन दिईएको छ ; किनकि यो स्वर्गको बाटो हो ।
  3. यस हदीसमा आत्मसंयम गर्ने, राम्ररी उपासना गर्ने र सत्कर्म गर्दा उत्पन्न हुने कष्ट हरु सहन गर्ने प्रेरणा छ ।
थप