عن أنس بن مالك رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ لَا يَرُدُّ الطِّيبَ.  
                        
[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 2582]
                        
 المزيــد ... 
                    
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
(यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध)  लाई  कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन। 
                                                     
                                                                                                    
[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 2582]                                            
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बानी के थियो भने उहाँले सुगन्धलाई अस्वीकार गर्नु हुन्थिएन। कसैले सुगन्ध दियो भने स्वीकार गर्नुहुन्थ्यो, किनकि यो सँगै राख्न सजिलो हुन्छ र मिठो बास्ना आउँछ ।