+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«لَا تَجْعَلُوا بُيُوتَكُمْ قُبُورًا، وَلَا تَجْعَلُوا قَبْرِي عِيدًا، وَصَلُّوا عَلَيَّ؛ فَإِنَّ صَلَاتَكُمْ تَبْلُغُنِي حَيْثُ كُنْتُمْ».

[حسن] - [رواه أبو داود] - [سنن أبي داود: 2042]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”

[हसन] - [अबू दाऊदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2042]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरू लाई नमाज विहीन बनाउन निषेध गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जहाँ प्रार्थना गरिँदैन । त्यसैगरी, चिहानमा बारम्बार जान र त्यहाँ नियमित रूपमा भेला हुन निषेध गरिएको छ, किनकि यसले शिर्कको ढोका खोल्छ । उहाँले पृथ्वीको कुनै पनि भागबाट दरूद पठाउन आदेश दिनुभएको छ; किनकि उहाँमाथि पठाइएको दरूद नजिक र टाढा सबै ठाउँबाट समान रूपमा पुग्छ । त्यसैले बारम्बार उहाँको चिहान नजिक आउनु आवश्यक छैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी الأكانية उज्बेक युक्रेनी الجورجية اللينجالا المقدونية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. घरहरूलाई अल्लाहको उपासना विहीन छाडी राख्न बाट मनाही गरिएको छ ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारत (दर्शन) को लागि यात्रा गर्न निषेध गरिएको छ, किनकि उहाँमाथि पठाइएको दरूद नजिक र टाढा सबै ठाउँबाट समान रूपमा पुग्छ । हो, मस्जिद नबवीमा नमाज पढ्ने मनसायले यात्रा गर्न अनुमति छ ।
  3. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको जियारतलाई उत्सवको रूपमा लिन निषेध गरिएको छ । अर्थात् निश्चित समयमा विशेष तरिकाले बारम्बार जियारत (दर्शन) गर्नु हराम हो र अन्य चिहानहरू प्रति पनि यही नियम लागू हुन्छ ।
  4. नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रति अल्लाहको कृपा, कि हरेक समय र हरेक ठाउँबाट उहाँमाथि दरुद व सलाम (आशीर्वाद र शान्ति) पठाउन वैध गरिएको छ ।
  5. चिहानको नजिक नमाज पढ्न निषेध गरिएको कुरा साहाबाहरू बीच ठहर भईसकेको को हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।
थप