عن أبي هريرة رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«اجْتَنِبُوا السَّبْعَ الْمُوبِقَاتِ»، قَالُوا: يَا رَسُولَ اللهِ وَمَا هُنَّ؟ قَالَ: «الشِّرْكُ بِاللهِ، وَالسِّحْرُ، وَقَتْلُ النَّفْسِ الَّتِي حَرَّمَ اللهُ إِلَّا بِالْحَقِّ، وَأَكْلُ الرِّبَا، وَأَكْلُ مَالِ الْيَتِيمِ، وَالتَّوَلِّي يَوْمَ الزَّحْفِ، وَقَذْفُ الْمُحْصَنَاتِ الْمُؤْمِنَاتِ الْغَافِلَاتِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2766]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2766]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मतलाई सात विनाशकारी अपराध र पापहरूबाट बाँच्न आदेश दिनुभएको छ। जब उहाँसँग यी सात पापहरू के हुन् भनेर सोधियो, तब उहाँले भन्नुभयो:
१) शिर्क गर्नु, अर्थात् अल्लाहको समान र तुल्य ठहर गर्नु वा गैरुल्लाह (अल्लाह बाहेक) को उपासना गर्नु । शिर्क (बहुदेववाद) सबैभन्दा ठूलो पाप भएकोले पहिले नम्बरमा उल्लेख गरिएको छ ।
२) जादू गर्नु । जादु भन्नाले धागो आदिमा गाँठो बाँधेर मन्त्र जप्नु, औषधि र धुवाँ जस्ता पदार्थको प्रयोग गर्नु, जसले मोहित व्यक्तिलाई कित बिरामी बनाउँछ कित उसको ज्यान लिन्छ, वा पति-पत्नी बीचको सम्बन्धलाई विच्छेद गर्दछ । वास्तवमा यो एक दुष्ट कार्य र शैतानी काम हो । जादुमा प्रायजसो शिर्क वा दुष्ट आत्माहरूलाई खुशी पार्ने हराम कार्यहरू गर्नुपर्छ ।
३) अल्लाहले हत्या गर्न निषेध गर्नुभएको व्यक्तिको हत्या गर्नु, तर शरीयतले कसैलाई मृत्युदण्डको सजाय दिन्छ भने त्यसलाई कार्यन्वयन गर्ने जिम्मेवारी शासकको हो ।
४) ब्याज लिने वा दिने, चाहे त्यो खाइयोस् वा अन्य तरिकाले उपभोग गरियोस् ।
५) वयस्कको उमेर नपुगी बाबुको मृत्यु भएको नाबालक बच्चा (अनाथ) को सम्पत्ति हडप्नु ।
६) काफिरहरूसँग लड्दा युद्धको मैदानबाट फर्केर भाग्नु ।
७) पवित्र महिलाहरू माथि व्यभिचारको झूटो आरोप लगाउने । त्यस्तै पुरुषहरू माथि पनि व्यभिचारको आरोप लगाउने ।