+ -

عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِنَّ الدُّنْيَا حُلْوَةٌ خَضِرَةٌ، وَإِنَّ اللهَ مُسْتَخْلِفُكُمْ فِيهَا، فَيَنْظُرُ كَيْفَ تَعْمَلُونَ، فَاتَّقُوا الدُّنْيَا وَاتَّقُوا النِّسَاءَ، فَإِنَّ أَوَّلَ فِتْنَةِ بَنِي إِسْرَائِيلَ كَانَتْ فِي النِّسَاءِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2742]
المزيــد ...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निस्सन्देह संसार मीठो र रमणीय छ । अल्लाहले तपाईंलाई यसमा एकपछि अर्को गर्दै पठाउनुहुने छ र तपाईंले कसरी व्यवहार गर्नुहुन्छ भनेर हेर्न चाहनुहुन्छ । तसर्थ, संसार (को लोभ) बाट टाढा रहनुहोस् र नारीहरूबाट सचेत रहनुहोस् । किनकि बनु-इस्राइलको पहिलो परीक्षा महिला प्रलोभन थियो ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2742]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, संसार स्वादमा मीठो र हेर्नमा रमणीय छ, जसले गर्दा मानिसहरू धोकामा पर्छन्, यसमा फस्छन् र यसलाई आफ्नो सबैभन्दा ठूलो लक्ष्य बनाउँछन् । अल्लाहले हामीलाई यस सांसारिक जीवनमा एकअर्काको उत्तराधिकारी बनाउनुभएको छ, ताकि उहाँले हाम्रा कर्महरू देख्न सकून्, के हामी उहाँको निर्देशन अनुसार जीवन बिताउँछौं वा उहाँका आज्ञाहरूको उल्लङ्घन गर्छौं? त्यसपछि उहाँले भन्नुभयो: यस संसारको सुखसुविधा र चमकबाट होशियार रहनुहोस् । किनभने यसले तपाईंलाई अल्लाहको आज्ञाहरू उल्लङ्घन गर्न र उहाँले निषेध गर्नुभएको कुरामा संलग्न हुन प्रलोभनमा पार्न सक्छ । संसारमा सबैभन्दा धेरै जोगिनै पर्ने फितना (प्रलोभन) हरू मध्ये एक महिलाको प्रलोभन हो । बनी इजरायलको पहिलो फितना (प्रलोभन) महिलाहरूसँग सम्बन्धित थियो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. संसारको बाह्य चमकमा नपर्न र तकवा (इश्-भय) अवलम्बन गर्न प्रोत्साहन ।
  2. यसमा महिलाको प्रलोभनमा नपर्न चेतावनी दिइएको छ, पुरुषहरूले पराई महिलासँग नजर मिलाउनु, उनीहरूसँग मिलेर बस्नु, वा अरु कुनै प्रकारले आकर्षित हुनुबाट सावधान गरिएको छ।
  3. महिलाको प्रलोभन संसारको सबैभन्दा ठूलो प्रलोभनहरूमध्ये एक हो ।
  4. हामीले विगतका उम्मतहरूबाट पाठ सिक्नुपर्छ, किनभने बानी इजरायलमा जे भयो, अरूलाई पनि हुन सक्छ ।
  5. महिला प्रलोभनका विभिन्न रूपहरू छन् । श्रीमती हुँदा उसले कहिलेकाहीँ पुरुषलाई उसको शक्तिभन्दा बढी खर्च गर्न बाध्य पार्छिन्, जसलेगर्दा ऊ धार्मिक कार्यलाई त्यागेर जीविकोपार्जनमा अत्यधिक व्यस्त हुन थाल्छ । अपरिचित महिला हुँदा उसले छोटो र अर्धनग्न पोशाकले पर पुरुषलाई आकर्षित गर्छिन्, तिनीहरूसँग घुलमिल हुन्छ, जसले अनैतिक सम्बन्ध र व्यभिचारका विभिन्न ढोकाहरू खोल्छ । तसर्थ, आस्थावानले महिलाको फितनाबाट बचन अल्लाहको शरण लिनुपर्छ र उनीहरूको प्रलोभनबाट टाढा रहनुपर्छ ।
थप