+ -

عَنْ جَرِيرِِ بْنِ عَبْدِ اللَّهِ رضي الله عنه قَالَ:
بَايَعْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَلَى شَهَادَةِ أَنْ لاَ إِلَهَ إِلَّا اللَّهُ، وَأَنَّ مُحَمَّدًا رَسُولُ اللَّهِ، وَإِقَامِ الصَّلاَةِ، وَإِيتَاءِ الزَّكَاةِ، وَالسَّمْعِ وَالطَّاعَةِ، وَالنُّصْحِ لِكُلِّ مُسْلِمٍ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2157]
المزيــد ...

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिने, नमाज स्थापना गर्ने, जकात तिर्ने, शासक प्रति वफादारी गर्ने र हरेक मुस्लिमको कल्याण गर्नेछु भनेर बैअत (प्रतिज्ञा) गरें ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2157]

व्याख्या

सहाबी जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग तौहीद (एकेश्वरवाद) मा अडिग रहन, दिन र रातमा पाँच अनिवार्य सलाह (प्रार्थना) हरू यसका सर्तहरू, स्तम्भहरू, वाजिब र सुन्नतहरूको साथ स्थापना गर्न, फर्ज जकात दिन, जकात एक आर्थिक उपासना हो, जुन धनी व्यक्तिहरूबाट लिइन्छ र गरिब तथा हकदारहरूलाई दिइन्छ, शासक र सरोकारवालाहहरूको आज्ञापालन गर्न र प्रत्येक मुस्लिमप्रति इमानदार भइ उसको फाइदा हुने र नोक्सानीबाट बचाउने सर सल्लाह दिने कुरामा प्रतिबद्धता र वाचा गरे ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन चेक मालागासी ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सलाह र जकातको महत्व र यी दुवै इस्लामका स्तम्भहरू हुन् ।
  2. मुस्लिमहरू बीच नसीहत र सल्लाहको महत्त्व, यहाँसम्म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबा (रजियल्लाहु अन्हुम) हरूलाई वफादारीको प्रतिज्ञा लिनुभयो ।
थप