عَن عَبْدِ اللَّهِ بنِ مَسْعُودٍ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: كُنَّا مَعَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ:
«مَنِ اسْتَطَاعَ البَاءَةَ فَلْيَتَزَوَّجْ، فَإِنَّهُ أَغَضُّ لِلْبَصَرِ، وَأَحْصَنُ لِلْفَرْجِ، وَمَنْ لَمْ يَسْتَطِعْ فَعَلَيْهِ بِالصَّوْمِ، فَإِنَّهُ لَهُ وِجَاءٌ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1905]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, उहाँले भन्नुभयो:
"तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1905]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शारीरिक तथा विवाहका आवश्यकताहरू (गाँस, बास र कपास) पूरा गर्न सक्षम व्यक्तिलाई निकाह (विवाह) गर्न प्रोत्साहन गर्नुभएको छ; किनभने यसले दृष्टिलाई नियन्त्रणमा राख्छ र व्यभिचार तथा अन्य अनैतिक कार्यहरूमा लिप्त हुनबाट जोगाउँछ । र जससँग विवाहको खर्च वहन गर्ने सामर्थ्य छैन, तर संभोग गर्ने क्षमता छ, ऊ व्रत बसोस्। किनकि व्रतले लज्जास्थान सम्बन्धी कामवासनालाई काटिदिन्छ र वीर्यको उत्तेजना (र यसको दुष्परिणाम) लाई नियन्त्रण गर्छ।

हदीसका केही फाइदाहरू

  1. इस्लामले सतीत्व र पवित्रतालाई प्राथमिकता दिन्छ, साथै अश्लीलता तथा अनैतिक कार्यहरूबाट बच्ने माध्यमहरू अपनाउन प्रोत्साहित गर्दछ।
  2. यसमा विवाहको खर्च वहन गर्न असमर्थ व्यक्तिहरूलाई व्रत बस्ने परामर्श दिइएको छ; किनकि यसले कामवासनालाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।
  3. रोजालाई ‘विजा’ (कामेच्छा निरोधक, ढाल) सँग तुलना गर्नुको तात्पर्य यो हो कि ‘विजा’ को अर्थ अण्डकोशका नसाहरूलाई थिचेर यौनशक्ति क्षीण बनाउनु हो, जसबाट कामवासना समाप्त हुन्छ। ठीक त्यसैगरी, रोजाले पनि मानिसको कामोत्तेजना र यौन इच्छालाई कमजोर बनाउँछ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (51)
थप