+ -

عَنْ أَبِي قَتَادَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا يُمْسِكَنَّ أَحَدُكُمْ ذَكَرَهُ بِيَمِينِهِ وَهُوَ يَبُولُ، وَلَا يَتَمَسَّحْ مِنَ الْخَلَاءِ بِيَمِينِهِ، وَلَا يَتَنَفَّسْ فِي الْإِنَاءِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 267]
المزيــد ...

अबू-कतादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्य अंगलाई समात्नु हुँदैन, दिसा गरिसकेपछि दाहिने हातले शौच (सफाई) गर्नु हुँदैन र (पानी खाँदा) भाँडोमा सास फेर्नु हुँदैन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 267]

व्याख्या

यहाँ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही शिष्टाचारहरू व्याख्या गर्नुभएको छ; पिसाब गर्दा दाहिने हातले गोप्य भाग समात्न र दाहिने हातले मलद्वार सफा गर्न निषेध छ, किनभने दाहिने हात राम्रो कामको लागि दिइएको हो त । त्यसैगरी, जुन भाँडामा कुनै चीज पिइँदैछ त्यसमा सास फेर्न निषेध गरिएको छ ।

हदीसका केही फाइदाहरू

  1. शिष्टाचार र सरसफाईमा इस्लाम श्रेष्ठ छ ।
  2. फोहोर चीजहरूबाट जोगिनुहोस् । आवश्यक परेमा देब्रे हातको प्रयोग गर्नुहोस् ।
  3. दाहिने हात देब्रे हात भन्दा सम्मानित र उत्कृष्टत छ ।
  4. इस्लामिक शरियत (विधिविधान) पूर्ण र यसका शिक्षाहरू समावेशी छन् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप