+ -

عَنْ عُثْمَانَ رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَا مِنَ امْرِئٍ مُسْلِمٍ تَحْضُرُهُ صَلَاةٌ مَكْتُوبَةٌ فَيُحْسِنُ وُضُوءَهَا وَخُشُوعَهَا وَرُكُوعَهَا، إِلَّا كَانَتْ كَفَّارَةً لِمَا قَبْلَهَا مِنَ الذُّنُوبِ، مَا لَمْ يُؤْتِ كَبِيرَةً، وَذَلِكَ الدَّهْرَ كُلَّهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 228]
المزيــد ...

उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वोजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी सलाह पढ्छ भने त्यो नमाज उसको अघिल्लो पापहरूका लागि प्रायश्चित हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन र यो सधैं हुनेछ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 228]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग पूर्ण रूपमा वोजू गर्छ र नम्रताका साथ सलाह पढ्छ । अर्थात आफ्नो हृदय र शरीरका अंगहरू अल्लाहमा समर्पित गर्छ, उहाँको महानतालाई ध्यानमा राख्छ र रुकु, सज्दा लगायत नमाजका सबै कार्यहरू पूर्ण रूपमा गर्छन् भने यो नमाज उसको अघिल्लो साना पापहरूका लागि प्रायश्चित बन्नेछ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन । अल्लाहको यो कृपा समयको कुनै अवधिमा सीमित छैन, तर हरेक समय र प्रत्येक सलाहमा हुन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन चेक मालागासी ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. पापको प्रायश्चित केवल त्यो सलाहले हुन्छ, जसको लागि व्यक्तिले राम्रोसँग वोजू गर्छ र अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि पूर्ण नम्रताका साथ सलाह पढ्छ ।
  2. इबादत (उपासना) मा लगनशील हुनुको सद्गुण, किनभने यो साना पापहरूको क्षमाको कारण हो ।
  3. राम्रोसँग गरेको वोजू र नम्रताका साथ पढेको सलाहको सद्गुण ।
  4. साना पापहरूको प्रायश्चितको लागि ठूला पापहरूबाट बच्नको महत्त्व ।
  5. ठूला पापहरू तौबा (पश्चात्ताप) बिना प्रायश्चित हुन सक्दैन ।
थप