عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَتَتَّبِعُنَّ سَنَنَ الَّذِينَ مِنْ قَبْلِكُمْ، شِبْرًا بِشِبْرٍ، وَذِرَاعًا بِذِرَاعٍ، حَتَّى لَوْ دَخَلُوا فِي جُحْرِ ضَبٍّ لَاتَّبَعْتُمُوهُمْ» قُلْنَا: يَا رَسُولَ اللهِ آلْيَهُودَ وَالنَّصَارَى؟ قَالَ: «فَمَنْ؟».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2669]
المزيــد ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ । यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलिय सरीसृप) को प्वालमा प्रवेश गरेका थिए भने तिमीहरू पनि त्यसमा प्रवेश गर्नेछौ ।” हामीले भन्यौं: “हे अल्लाहका रसूल, के तपाईंको मतलब यहूदी र ईसाईहरू हुन्?” उहाँले भन्नुभयो: “अनि अरू को हुन् त?”
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2669]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा आफूपछि उहाँका केही अनुयायीहरूको अवस्था कस्तो हुनेछ भनेर बताउनुभएको छ कि उनीहरूले यहूदी र इसाईहरूको आस्था, कार्य, चलन र परम्पराहरूलाई बित्ता-बित्ता र हात-हात पूर्ण अनुसरण गर्नेछन्। यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलीय सरीसृप) को प्वालमा पसेका थिए भने, तिनीहरू पनि यहूदी र इसाईहरूको अनुसरणमा त्यसै गरी पस्नेछन्।