+ -

عَنِ ابْنِ عَبَّاسٍ رضي الله عنهما قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«إِنَّ اللَّهَ يُحِبُّ أَنْ تُؤْتَى رُخَصُهُ، كَمَا يُحِبُّ أَنْ تُؤْتَى عَزَائِمُهُ».

[صحيح] - [رواه ابن حبان] - [صحيح ابن حبان: 354]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"अल्लाहलाई उहाँले प्रदान गर्नुभएको छुटको लाभ उठाइयोस भन्ने कुरा त्यत्तिकै प्रिय छ जति उहाँले आफ्ना आदेश र उपदेशहरूको पालना हुन मन पराउनुहुन्छ ।"

[सही] - [इब्ने हिब्बानले वर्णन गरेका छन्] - [सही इब्ने हिब्बान - 354]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : भक्तको लागि सहज होस् भनेर अल्लाहले केही उपासनाका नियमहरूमा छुट र सहुलियत दिनुभएको छ, जस्तैः यात्रा गर्दा ४ रकातको नमाजलाई २ रकात मात्र पढ्ने, दुई नमाजलाई जम्मा गरी एकसाथ पढ्ने इत्यादि छुटहरू, ती छुटहरूको लाभ उठाइयोस भन्ने कुरा उहाँलाई त्यत्तिकै मनपर्छ, जति उहाँलाई उहाँले तोकेका अनिवार्य आदेशहरूको पालना हुने कुरा मन पर्छ, किनकि दुबै छूट र अनिवार्य आदेशको सम्बन्धमा अल्लाहको निर्देशनहरू समान छन्।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية اللينجالا المقدونية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा वर्णन छ कि भक्तहरू माथि अल्लाहले दया गर्नुहुन्छ, र (त्यही दया स्वरुप) उहाँलाई मनपर्छ कि उहाँले निर्धारित गरेका छुटहरूको लाभ उठाइयोस ।
  2. यस हदीसले शरीयह (धार्मिक कानुन)को परिपूर्णता र उत्तमता र यसले मुस्लिमहरूलाई कठिनाइबाट मुक्त गरेको छ भन्ने कुरा प्रष्ट हुन्छ।