عن جَرِيْر بنِ عبدِ الله رضي الله عنه قال:
كُنَّا عِنْدَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَنَظَرَ إِلَى الْقَمَرِ لَيْلَةً -يَعْنِي الْبَدْرَ- فَقَالَ: «إِنَّكُمْ سَتَرَوْنَ رَبَّكُمْ كَمَا تَرَوْنَ هَذَا الْقَمَرَ، لَا تُضَامُونَ فِي رُؤْيَتِهِ، فَإِنِ اسْتَطَعْتُمْ أَنْ لَا تُغْلَبُوا عَلَى صَلَاةٍ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ غُرُوبِهَا فَافْعَلُوا» ثُمَّ قَرَأَ: «{وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ الْغُرُوبِ}»
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 554]
المزيــد ...
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात चन्द्रमा (अर्थात् पूर्णिमा) लाई हेर्नुभयो र भन्नुभयो: "वास्तवमा, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, सूर्योदय र सूर्यास्त अघिको नमाजहरूमा कुनै कुराले बाधा नपरोस् भन्ने सम्भव छ भने अवश्य गर्नुहोस् ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो प्रभुको प्रशंसाको साथ महिमा गर) ।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 554]
एक रात साहाबहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए र यसैबीच उहाँले चन्द्रमा (अर्थात् पूर्णिमा) तिर हेरेर भन्नुभयो: आस्थावानहरूले आफ्ना प्रभुलाई आफ्नै आँखाले बिना कुनै शंका नै देख्नेछन् र उहाँलाई हेर्नमा कुनै समस्या, थकान र कठिनाइ हुनेछैन । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : यदि तपाईं फजर र अस्रको नमाज पढ्नबाट विचलित पार्ने चीजहरू हटाउन सक्षम हुनुहुन्छ भने त्यसलाई हटाइदिनुहोस् र यी दुई नमाजहरू समयमा जमातका साथ पूर्ण रूपमा पढ्नुहोस्, किनकि यो अल्लाहको अनुहार हेर्न सुअवसर प्रदान गर्ने चीजहरू मध्ये एक हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो श्लोक पढ्नुभयो : (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो प्रभुको प्रशंसाको साथ महिमा गर) ।