1. मुख्य
  2. वर्गीकरण
  3. सद्गुण र आचरण

हदीस हे अल्लाह! म तपाईंको आशीर्वादको लोपबाट, तपाईंको कल्याणको फिर्ताबाट, तपाईंको अचानक विपत्तिबाट र तपाईंको सबै प्रकारका क्रोधबाट तपाईंको शरण चाहन्छु।

عَنْ عَبْدِ اللهِ بْنِ عُمَرَ رضي الله عنهما قَالَ: كَانَ مِنْ دُعَاءِ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ زَوَالِ نِعْمَتِكَ، وَتَحَوُّلِ عَافِيَتِكَ، وَفُجَاءَةِ نِقْمَتِكَ، وَجَمِيعِ سَخَطِكَ».

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जुन दुआहरू माग्नु हुन्थ्यो, तीमध्ये एउटा यो थियो:
"हे अल्लाह! म तपाईंको आशीर्वादको लोपबाट, तपाईंको कल्याणको फिर्ताबाट, तपाईंको अचानक विपत्तिबाट र तपाईंको सबै प्रकारका क्रोधबाट तपाईंको शरण चाहन्छु।"

सही मुस्लिमले वर्णन गरेका छन् सही मुस्लिम - 2739

व्याख्या

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले चार वटा कुराहरूबाट शरण माग्नु भएको छ:
पहिलो : हे अल्लाह! म तपाईंको धार्मिक र सांसारिक आशीर्वाद गुमाउनबाट तपाईंको शरण चाहन्छु। म तपाईंसँग प्रार्थना गर्दछु, म इस्लाममा दृढ रहन सकूँ र आशीर्वाद गुमाउने पापहरूबाट टाढा रहन सकूँ।
दोस्रो : तपाईँबाट मिलेका संरक्षण कष्टमा परिवर्तन न होस्; सो म तपाईंसित निरन्तर सुस्वास्थ्य एवं कष्ट र रोगहरूबाट रक्षाको लागि अनुरोध गर्दछु ।
तेस्रो :यो कुराबाट पनि कि कतै तपाईँको अचानक पकड न आ‌ओस् । किनभने मान्छेलाई अचानक पकड आयो वा सजाय दिइयो भने प्रायश्चित गर्ने र आफूलाई सुधार्ने मौका मिल्दैन । झन् समस्या ठुलो र मामिला कडा हुन जान्छ ।
चौथो: (र तपाईंको सम्पूर्ण क्रोध) र ती कारणहरू जसले तपाईंको क्रोध ल्याउँछ; किनभने जसप्रति तपाईं क्रोधित हुनुहुन्छ, ऊ निश्चय नै विफल र हानीग्रस्त हुन्छ।
अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले "जमीअ" बहुवचन शब्द प्रयोग गर्नु भयो । ताकि उहाँको क्रोध निम्त्याउने सबै प्रकारका बोल र कर्म एवं निष्ठाहरू समावेश होस्।

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि व सल्लम) पनि अल्लाहमा निर्भर हुनुहुन्थ्यो ।
  2. शरण खोज्ने यी शब्दहरूले अल्लाहको आशीर्वादको लागि कृतज्ञता व्यक्त गर्दछन् र पाप गर्नबाट सुरक्षा खोज्छन्, किनकि पाप गरेपछि आशीर्वाद खोसिन्छ।
  3. अल्लाह तआलाको क्रोध हुने ठाउँहरूबाट टाढा रहने।
  4. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अचानक आउने विपत्तिबाट अल्लाहको शरण लिनुभयो। किनभने जब अल्लाह कुनै व्यक्तिसँग बदला लिन चाहन्छन्, तब उहाँले उसमाथि यस्तो विपत्ति ल्याउनुहुन्छ कि ऊ एक्लैले मात्र होइन, सबै सृष्टिहरूको सहयोगले पनि त्यसलाई हटाउन सक्दैन।
  5. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहले प्रदान गरेको कल्याणको परिवर्तनबाट शरण माग्नुभयो, किनभने अल्लाहको कल्याणको अर्थ हो, व्यक्तिमा दुवै लोकको कल्याण छ र यसको विपरीत अर्थ हो कि दुवै लोकको दुष्टता उसको अगाडि हात फैलाएर उभिरहेको छ। वास्तवमा, धर्म र संसारको शुद्धता कल्याणको कारणले हो।

अनुवादहरू का प्रदर्शन

50 भाषा
EN English الإنجليزية
UR اردو الأوردية
ES Español الإسبانية
ID Indonesia الإندونيسية
BN বাংলা البنغالية
TR Türkçe التركية
RU Русский الروسية
BS Bosanski البوسنية
SI සිංහල السنهالية
HI हिन्दी الهندية
ZH 中文 الصينية
FA فارسی الفارسية
VI Tiếng Việt الفيتنامية
TL Tagalog تجالوج
KU Kurdî الكردية
HA Hausa الهوسا
PT Português البرتغالية
ML മലയാളം المليالم
TE తెలుగు التلغو
SW Kiswahili السواحيلية
TA தமிழ் التاميلية
MY မြန်မာ البورمية
TH ไทย التايلندية
DE Deutsch الألمانية
PS پښتو بشتو
AS অসমীয়া الأسامية
SQ Shqip الألبانية
SV Svenska السويدية
AM አማርኛ الأمهرية
NL Nederlands الهولندية
GU ગુજરાતી الغوجاراتية
KY Кыргызча القيرقيزية
LT Lietuvių الليتوانية
PRS دری الدرية
SR Српски الصربية
TG тоҷикӣ الطاجيكية
RW Kinyarwanda الكينياروندا
RO Română الرومانية
HU Magyar المجرية
MOS Moore الموري
MG Malagasy المالاجاشية
OM Oromoo الأورومو
KN ಕನ್ನಡ الكانادا
WO Wolof الولوف
UK Українська الأوكرانية
KA ქართული الجورجية
MK Македонски المقدونية
KM ភាសាខ្មែរ الخميرية
PA ਪੰਜਾਬੀ البنجابية
MR मराठी الماراثية