عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«يَعْقِدُ الشَّيْطَانُ عَلَى قَافِيَةِ رَأْسِ أَحَدِكُمْ إِذَا هُوَ نَامَ ثَلاَثَ عُقَدٍ يَضْرِبُ كُلَّ عُقْدَةٍ عَلَيْكَ لَيْلٌ طَوِيلٌ، فَارْقُدْ، فَإِنِ اسْتَيْقَظَ فَذَكَرَ اللَّهَ، انْحَلَّتْ عُقْدَةٌ، فَإِنْ تَوَضَّأَ انْحَلَّتْ عُقْدَةٌ، فَإِنْ صَلَّى انْحَلَّتْ عُقْدَةٌ، فَأَصْبَحَ نَشِيطًا طَيِّبَ النَّفْسِ، وَإِلَّا أَصْبَحَ خَبِيثَ النَّفْسِ كَسْلاَنَ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1142]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ,
अल्लाहका रसूल ﷺ ले भन्नु भयो :
"शैतान तिमीहरू मध्ये कसैको गुद्दीमा ऊ सुतेको बेलामा तीन गाँठो लगाइ दिन्छ र हरेक गाँठोमा "अहिले रात लामो छ , सुत" भनेर गाँठो पार्छ । यदि उसले जागेर अल्लाहको जिक्र ( नाम लियो भने एउटा गाँठो खुल्छ । यदि उसले वजू गर्यो एउटा गाँठो खुल्छ र यदि उसले नमाज पढ्यो भने एउटा गाँठो खुल्छ । फलतः ऊ चुस्त र खुसी मनको हुन्छ नत्र ऊ खराब मन सुस्त हुन्छ । "
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1142]
जब इमान वाला सुत्न लाग्छ तब शैतानले उसको गुद्दी( टाउकाको पछिल्लो भागमा तीन गाँठो लगाइ दिन्छ ।
ज इमान वाला जाग्छ र अल्लाहको नाम लिन्छ भने शैतानको मनमा कुरा खेलाउनुलाई मान्दैन, एउटा गाँठो खुल्छ ।
यसरी नै यदि वुजू गर्यो भने अर्को गाँठो खुल्छ । ं.
र यदि खडा भएर नमाज पढ्छ भने तेस्रो गाँठो खुल्छ र ऊ फ़ुर्तिलो र मन रमाएको हुन्छ । अल्लाहले आफ्नो आदेश पालनको जुन अवसर प्रदान गर्नु भयो, त्यसका कारण। अल्लाह तआलाले जुन प्रतिफल र क्षमा प्रदानको वाचा गर्नु भएको छ, त्यसका कारण ।