+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّهُ سَمِعَ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«أَرَأَيْتُمْ لَوْ أَنَّ نَهَرًا بِبَابِ أَحَدِكُمْ يَغْتَسِلُ فِيهِ كُلَّ يَوْمٍ خَمْسًا، مَا تَقُولُ ذَلِكَ يُبْقِي مِنْ دَرَنِهِ؟» قَالُوا: لَا يُبْقِي مِنْ دَرَنِهِ شَيْئًا، قَالَ: «فَذَلِكَ مِثْلُ الصَّلَوَاتِ الخَمْسِ، يَمْحُو اللَّهُ بِهِ الخَطَايَا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 528]
المزيــد ...

अबू हुरैरह रजियल्लाहु अन्हुले वर्णन गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुने, उहाँले भन्नुभयो :
"तिमीहरूलाई के लाग्छ, यदि तिमीहरूमध्ये कसैको ढोकामा खोला बग्छ र उसले दिनमा पाँच पटक नुहाउँछ भने के उसको शरीरमा फोहोरको कुनै निशान रहन्छ?" उनीहरूले जवाफ दिए: उसको शरीरमा फोहोरको कुनै निशान बाँकी रहने छैन । उहाँले भन्नुभयो: "हो, यो पाँच नमाजको उदाहरण हो, जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 528]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले साना पापहरू पखाल्नको लागि दैनिक पाँच नमाजलाई एक व्यक्तिको ढोका अगाडि रहेको नदीसँग तुलना गर्नुभएको छ । जसमा ऊ हरेक दिन पाँच पटक नुहाउछ र उसको शरीरमा फोहोर हुँदैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन चेक मालागासी ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यो साना पापहरूको प्रायश्चितको लागि मात्र हो, ठूला पापहरूको लागि पश्चात्ताप गर्नुपर्छ ।
  2. दैनिक पाँच नमाजहरू त्यसका सर्तहरू, स्तम्भहरू, वाजिबहरू र सुन्नतहरूको पालनाका साथ पढ्ने पुण्य ।
थप