عَنِ ابنِ مَسعُودٍ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا يَحِلُّ دَمُ امْرِئٍ مُسْلِمٍ إِلَّا بِإِحْدَى ثَلَاثٍ: الثَّيِّبُ الزَّانِي، وَالنَّفْسُ بِالنَّفْسِ، وَالتَّارِكُ لِدِينِهِ المُفَارِقُ لِلْجَمَاعَةِ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1676]
المزيــد ...
इब्न मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा। पहिलो, विवाहित भएर व्यभिचार गर्ने व्यक्ति; दोस्रो, जसले कुनै निर्दोष मानिसको हत्या गर्छ (किसास); र तेस्रो, जसले आफ्नो धर्म त्याग्छ र मुस्लिम समुदायबाट अलग हुन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1676]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ, मुस्लिमको रगत (ज्यान) तीन विशेष अवस्थाहरूमा बाहेक हराम (अवैध) छ: पहिलो: जसले वैध रूपमा विवाहपछि व्यभिचार गरेको छ, उसलाई ढुङ्गाले हानेर मार्ने विधान छ। दोस्रो: जसले जानाजानी र नाजायज रूपमा कुनै निर्दोष व्यक्तिको हत्या गरेको छ; शर्तहरू पूरा भएमा उसलाई पनि मारिनेछ। तेस्रो: मुस्लिम समुदायबाट बाहिरिने व्यक्ति — चाहे उसले धर्मत्याग गरेर पूरा इस्लाम त्यागेको होस्, वा धर्मत्याग नगरी यसको केही अंश त्यागेको होस्, जस्तै — विद्रोहीहरू, बाटो काट्ने डाकुहरू र खवारिज जस्ता लडाकुहरू।