عَنِ ابْنِ عُمَرَ رضي الله عنهما:
عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ نَهَى عَنِ النَّذْرِ، وَقَالَ: «إِنَّهُ لَا يَأْتِي بِخَيْرٍ، وَإِنَّمَا يُسْتَخْرَجُ بِهِ مِنَ الْبَخِيلِ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1639]
المزيــد ...
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन, यसले केवल कन्जुसबाट उसको धन निकाल्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1639]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'नज्र' (मनौती र भाकल) गर्नबाट मनाही गर्नुभयो।लअरबीमा 'नज्र' भनेको मानिसले आफूमाथि यस्तो कुरा अनिवार्य गर्नु हो, जुन शरीअतले उसमाथि अनिवार्य गरेको छैन। उहाँले भन्नुभयोः "'नज्र' (भाकल) ले न त कुनै कुरालाई अगाडि ल्याउन सक्छ, न त पछाडि गर्न सक्छ। यसबाट त केवल कन्जुस मानिसको धन मात्रै निकालिन्छ, जसले अनिवार्य कुराबाहेक अन्य केही गर्दैन। र, 'नज्र'ले त्यो कुरा ल्याउन सक्दैन, जुन उसको भाग्यमा लेखिएको छैन।"