عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه:
أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَقُولُ فِي سُجُودِهِ: «اللهُمَّ اغْفِرْ لِي ذَنْبِي كُلَّهُ دِقَّهُ، وَجِلَّهُ، وَأَوَّلَهُ وَآخِرَهُ وَعَلَانِيَتَهُ وَسِرَّهُ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 483]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: अल्लाहुम् मग्फिर ली जनबी कुल्लहु, दिक्कहु व जिल्लहु, व अव्वलहु व आखिरहु, व अलानियतहु व सिर्रहु। अर्थात "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र लुकेका सबै पापहरू क्षमा गर्नुहोस्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 483]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) सज्दामा यो प्रार्थना गर्नुहुन्थ्यो: "(अल्लाहुम-मग्फिरली जन्बी)" हे अल्लाह! मेरा पापलाई लुकाएर क्षमा गर्नुहोस्, तिनीहरूको परिणामबाट मलाई बचाइदेऊ; मलाई क्षमा गर, माफ गर, र बेवास्ता गर। "(कुल्लाहू)" सबै पाप, "(दिक्कहू)" मेरो मतलब: सानो र थोरै, "(व जिल्लाहू)" अर्थातः र यसको अधिकांश भाग ठूलो र धेरै, "(व औव्वलहू)" पहिलो पाप, "(व आखिरहु)" अन्तिम र तिनीहरूको बीचमा भएको पाप, "(अलानियतहु व सिर्रहू)" सार्वजनिक र गोप्यः जुन तपाईं बाहेक अरू कसैलाई थाहा छैन, तपाईं पवित्र हुनुहुन्छ।