+ -

عَنْ عُبَادَةَ بْنِ الصَّامِتِ رضي الله عنه أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا صَلَاةَ لِمَنْ لَمْ يَقْرَأْ بِفَاتِحَةِ الكِتَابِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 756]
المزيــد ...

उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले सूरह फातिहा पढेको छैन, उसको नमाज होइन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 756]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, सूरह फातिहा बिना सलाह सही हुँदैन । प्रत्येक रकातमा सूरह फातिहा पढ्नु सलाहको एक स्तम्भ हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन चेक मालागासी ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यदि सूरह फातिहा पढ्ने शक्ति छ भने अरू केही पढ्दा पर्याप्त छैन ।
  2. यदि कुनै रकअतमा सूरह फातिहा पढिएन भने त्यो रकअत अमान्य हुन्छ, चाहे त्यो जानाजानी, अज्ञानता वा बिर्सेर होस्, किनभने यो सलाहको एउटा रुक्न (स्तम्भ) हो र रुक्नलाई कदापी छोड्न सकिदैन ।
  3. यदि मुक्तदीले इमामलाई रुकुको अवस्थामा भेट्टाउँछ भने सूरह फातिहा पढ्नु माफ छ ।