1. मुख्य
  2. वर्गीकरण
  3. फिकह र उसूले फिकह

हदीस नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा सेतो-कालो मिश्रित रङको र सिङ भएका भेडाको कुर्बानी (वध कार्य) गर्नुभयो। उहाँले दुवैको घाँटीको छेउमा आफ्नो खुट्टा राखेर 'बिस्मिल्लाह' र 'अल्लाहु अकबर' भन्दै आफ्नै हातले जबह (वध) गर्नुभयो।

عَنْ أَنَسٍ رَضيَ اللهُ عنهُ قَالَ:
ضَحَّى النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بِكَبْشَيْنِ أَمْلَحَيْنِ أَقْرَنَيْنِ، ذَبَحَهُمَا بِيَدِهِ، وَسَمَّى وَكَبَّرَ، وَوَضَعَ رِجْلَهُ عَلَى صِفَاحِهِمَا.

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा सेतो-कालो मिश्रित रङको र सिङ भएका भेडाको कुर्बानी (वध कार्य) गर्नुभयो। उहाँले दुवैको घाँटीको छेउमा आफ्नो खुट्टा राखेर 'बिस्मिल्लाह' र 'अल्लाहु अकबर' भन्दै आफ्नै हातले जबह (वध) गर्नुभयो।

सही मुत्तफकुन अलैहि सही बुखारी - 5565

व्याख्या

अनस (रजियल्लाहु अन्हु) ले बताउनुभएको छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईदुल-अज्हाको दिन कालो र सेतो रङ्मग मिसिएको र सिङहरू भएका दुईवटा नर भेडाहरूको कुर्बानी गर्नुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर 'बिस्मिल्लाह', 'अल्लाहु अकबर' भनेर आफ्नै हातले जबह (वध) गर्नुभयो ।

हदीसका केही फाइदाहरू

  1. यसबाट कुर्बानीको वैधता स्पष्ट हुन्छ र यस विषयमा मुसलमानहरूको सर्वसम्मति (इज्मा) कायम छ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुन प्रकारको जनावरको कुर्बानी दिनुभएको थियो, त्यस्तै जनावरको कुर्बानी गर्नु उत्कृष्ट हुन्छ; किनभने त्यो आकर्षक हुनुका साथै त्यसको बोसो र मासु पनि राम्रो हुन्छ।
  3. इमाम नववी (रहिमहुल्लाह) ले उल्लेख गर्नुभएको छ: आफ्नो कुरबानी आफ्नै हातले जबह गर्नु ‘मुस्तहब’ (पुण्यदायी) कार्य हो। तरपनि, कुनै जायज कारणवश प्रतिनिधि (वकील) नियुक्त गर्ने अनुमति छ। प्रतिनिधिमार्फत जबह गराउँदा उक्त स्थानमा स्वयं उपस्थित हुनु राम्रो हुन्छ। यस कार्यका लागि कुनै मुस्लिम व्यक्तिलाई नियुक्त गर्नु वैध छ र यस विषयमा विद्वानहरूबीच कुनै पनि मतभेद छैन।
  4. इब्ने हजर भन्नुहुन्छ: पशु वध (जबह) गर्दा ‘बिस्मिल्लाह’ का साथ ‘अल्लाहु अकबर’ उच्चारण गर्नु र पशुको दाहिने काँधमा आफ्नो खुट्टा राख्नु ‘मुस्तहब’ (उत्तम) कार्य हो। विद्वानहरूबीच यस कुरामा सहमति छ कि पशुलाई बायाँ पट्टी पारेर जमिनमा लडाउनुपर्छ र वधकर्ताले आफ्नो खुट्टा पशुको दाहिने छेउमा राख्नुपर्छ। यसो गर्दा वधकर्तालाई दाहिने हातले छुरी चलाउन र बायाँ हातले पशुको शिर थाम्न सहज हुन्छ।
  5. सिङ भएको पशुको कुर्बानी गर्नु उत्तम (मुस्तहब) मानिन्छ, तर सिङ नभएको पशुको कुर्बानी पनि वैध छ।

अनुवादहरू का प्रदर्शन

53 भाषा
EN English الإنجليزية
UR اردو الأوردية
ES Español الإسبانية
ID Indonesia الإندونيسية
UG ئۇيغۇرچە الأيغورية
BN বাংলা البنغالية
TR Türkçe التركية
RU Русский الروسية
BS Bosanski البوسنية
SI සිංහල السنهالية
HI हिन्दी الهندية
ZH 中文 الصينية
FA فارسی الفارسية
VI Tiếng Việt الفيتنامية
TL Tagalog تجالوج
KU Kurdî الكردية
HA Hausa الهوسا
PT Português البرتغالية
ML മലയാളം المليالم
TE తెలుగు التلغو
SW Kiswahili السواحيلية
TA தமிழ் التاميلية
MY မြန်မာ البورمية
TH ไทย التايلندية
DE Deutsch الألمانية
PS پښتو بشتو
AS অসমীয়া الأسامية
SQ Shqip الألبانية
SV Svenska السويدية
AM አማርኛ الأمهرية
NL Nederlands الهولندية
GU ગુજરાતી الغوجاراتية
KY Кыргызча القيرقيزية
LT Lietuvių الليتوانية
PRS دری الدرية
SR Српски الصربية
TG тоҷикӣ الطاجيكية
RW Kinyarwanda الكينياروندا
RO Română الرومانية
HU Magyar المجرية
CS Čeština التشيكية
MOS Moore الموري
MG Malagasy المالاجاشية
OM Oromoo الأورومو
KN ಕನ್ನಡ الكانادا
WO Wolof الولوف
AZ Azərbaycan الأذربيجانية
UK Українська الأوكرانية
KA ქართული الجورجية
MK Македонски المقدونية
KM ភាសាខ្មែរ الخميرية
PA ਪੰਜਾਬੀ البنجابية
MR मराठी الماراثية