عَنْ أَبِي بَرْزَةَ الأَسْلَمِيِّ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا تَزُولُ قَدَمَا عَبْدٍ يَوْمَ القِيَامَةِ حَتَّى يُسْأَلَ عَنْ عُمُرِهِ فِيمَا أَفْنَاهُ، وَعَنْ عِلْمِهِ فِيمَ فَعَلَ، وَعَنْ مَالِهِ مِنْ أَيْنَ اكْتَسَبَهُ وَفِيمَ أَنْفَقَهُ، وَعَنْ جِسْمِهِ فِيمَ أَبْلَاهُ».
[صحيح] - [رواه الترمذي] - [سنن الترمذي: 2417]
المزيــد ...
अबू-बर्जह अल्-अस्लमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“कयामतको दिन कुनै पनि व्यक्तिले आफ्नो स्थानबाट एक पाइला पनि सार्न पाउनेछैन,(अथार्त् आफु उभिएको ठाउँ छोड्न सक्ने छैन) जबसम्म उससँग पाँच प्रश्नहरूको जवाफ सोधिँदैन:
उसले आफ्नो जीवनकाल कहाँ र कसरी बितायो?, उसले प्राप्त गरेको ज्ञान अनुसार कतिको कर्म गर्यो?, उसले कमाएको धन कहाँबाट कमायो र कहाँ खर्च गर्यो?, र आफ्नो शरीर (र जवानी) लाई कसरी प्रयोग गर्यो?“
[सही] - [तिर्मीजीले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2417]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामतको दिन, कुनै पनि व्यक्तिले हिसाबकिताबको मैदानबाट स्वर्ग वा नरकमा जानेछैन जबसम्म उसलाई यी कुराहररूको बारेमा सोधिदैन:
पहिलो: उसको उमेरको बारेमा, उसले आफ्नो जीवन कसरी बितायो र जिवनको समय कहाँ खर्च गर्यो ?
दोस्रो: उसको ज्ञानको बारेमा सोधपुछ हुनेछ कि उसले अल्लाहका लागि ज्ञान सिकेको थियो (वा अन्य कुनै उद्देश्यले)? के उसले आफ्नो ज्ञानअनुसार अभ्यास र कर्म गर्यो? अनि के उसले त्यो ज्ञान अरू मानिससम्म पुर्यायो?
तेस्रो: उसको सम्पत्तिको बारेमा सोधिनेछ कि उसले कमाएको पैसा वैद्य थियो कि अवैध? अनि उसले केमा खर्च गर्यो, अल्लाहलाई प्रसन्न पर्ने कुरामा वा मन नपर्ने कुरामा ?
चौथो: उसको शरीर, उसको शक्ति, उसको स्वास्थ्य र उसको युवावस्थालाई उसले कसरी प्रयोग गर्यो र कहाँ खर्च गर्यो भनेर सोधिने छ?