عَنْ أَبِي مُوسَى رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَثَلُ الَّذِي يَذْكُرُ رَبَّهُ وَالَّذِي لاَ يَذْكُرُ رَبَّهُ، مَثَلُ الحَيِّ وَالمَيِّتِ»، ولفظ مسلم: «مَثَلُ الْبَيْتِ الَّذِي يُذْكَرُ اللهُ فِيهِ، وَالْبَيْتِ الَّذِي لَا يُذْكَرُ اللهُ فِيهِ، مَثَلُ الْحَيِّ وَالْمَيِّتِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6407]
المزيــد ...
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।"
मुस्लिममा छ : "जुन घरमा अल्लाहलाई सम्झिन्छ र जुन घरमा अल्लाहलाई सम्झिँदैन त्यसको उदाहरण जीवित र मृतक जस्तै हो।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6407]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको स्मरण गर्ने र नगर्ने व्यक्तिको बीचको भिन्नतालाई स्पष्ट गर्नुभएको छ। लाभको हिसाबले यी दुई बीचको भिन्नता जीवित र मृतक बीचको जस्तै छ। आफ्नो पालनकर्तालाई सम्झने व्यक्ति जीवित जस्तै हो, जसको बाहिरी रूप जीवनले र भित्री रूप ज्ञानको प्रकाशले सजिएको छ। उसमा लाभ उठाउने क्षमता पनि छ। जबकि अल्लाहलाई सम्झन नसक्ने व्यक्तिको उदाहरण मृत व्यक्ति जस्तै हो, जसको बाहिरी रूप जीवनरहित छ र भित्री रूप बेकार छ। उसमा लाभ उठाउने क्षमता पनि छैन।
त्यसैगरी, जब घरमा बस्ने मानिसहरूले अल्लाहलाई सम्झन्छन्, त्यो घर जीवित हुन्छ र जब तिनीहरू अल्लाहको सम्झनाबाट टाढा हुन्छन्, त्यो घर मृत हुन्छ। यहाँ घरलाई जीवित र मृत भनिए पनि, यसको अर्थ घरमा बस्ने मानिसहरू हुन्।