عَنْ أَبِي مُسْلِمٍ الْخَوْلَانِيِّ، قَالَ: حَدَّثَنِي الْحَبِيبُ الْأَمِينُ، أَمَّا هُوَ فَحَبِيبٌ إِلَيَّ، وَأَمَّا هُوَ عِنْدِي فَأَمِينٌ، عَوْفُ بْنُ مَالِكٍ الْأَشْجَعِيُّ رضي الله عنه قَالَ:
كُنَّا عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، تِسْعَةً أَوْ ثَمَانِيَةً أَوْ سَبْعَةً، فَقَالَ: «أَلَا تُبَايِعُونَ رَسُولَ اللهِ؟» وَكُنَّا حَدِيثَ عَهْدٍ بِبَيْعَةٍ، فَقُلْنَا: قَدْ بَايَعْنَاكَ يَا رَسُولَ اللهِ، ثُمَّ قَالَ: «أَلَا تُبَايِعُونَ رَسُولَ اللهِ؟» فَقُلْنَا: قَدْ بَايَعْنَاكَ يَا رَسُولَ اللهِ، ثُمَّ قَالَ: «أَلَا تُبَايِعُونَ رَسُولَ اللهِ؟» قَالَ: فَبَسَطْنَا أَيْدِيَنَا وَقُلْنَا: قَدْ بَايَعْنَاكَ يَا رَسُولَ اللهِ، فَعَلَامَ نُبَايِعُكَ؟ قَالَ: «عَلَى أَنْ تَعْبُدُوا اللهَ وَلَا تُشْرِكُوا بِهِ شَيْئًا، وَالصَّلَوَاتِ الْخَمْسِ، وَتُطِيعُوا -وَأَسَرَّ كَلِمَةً خَفِيَّةً- وَلَا تَسْأَلُوا النَّاسَ شَيْئًا» فَلَقَدْ رَأَيْتُ بَعْضَ أُولَئِكَ النَّفَرِ يَسْقُطُ سَوْطُ أَحَدِهِمْ، فَمَا يَسْأَلُ أَحَدًا يُنَاوِلُهُ إِيَّاهُ.
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1043]
المزيــد ...
अबु मुस्लिम अल-खौलानीले बयान गरेका छन्, उनले भने : मलाई मेरो प्रिय र इमानदार साथी औफ बिन मालिक अश्ह-जई (रजियल्लाहु अन्हु)ले भन्नुभयो :
हामी नौ, आठ वा सात जना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौँ। उहाँले हामीलाई सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत (वचनबद्धता) गर्दैनौ?"
हामीले केही दिनअघि मात्रै उहाँसँग बैअत गरिसकेका थियौँ। त्यसैले हामीले भन्यौँ: "हे अल्लाहका रसूल! हामीले त तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।"
तर उहाँले फेरि भन्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?"
हामीले दोहोर्यायौँ: "हे अल्लाहका रसूल! हामीले तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।"
उहाँले (तेस्रो पटक पनि उही कुरा) सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?"
हामीले आ-आफ्नो हात अगाडि बढाउँदै भन्यौँ: "हामीले पहिले नै तपाईंसँग वचनबद्धता गरिसकेका छौँ। अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।"
तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।"
रावी (हदीस सुनाउने व्यक्ति) भन्छन्: "त्यसपछि, मैले ती व्यक्तिहरूमध्ये केहीलाई देखेँ कि उनीहरूको कोर्रा भुइँमा खस्दा पनि उनीहरू अरू कसैलाई उठाइदिन भन्दैनथे।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1043]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) केही सहाबा (साथी) हरूसँग हुनुहुन्थ्यो जब उहाँले तिनीहरूलाई आफूसँग बैअत (वचनबद्धता) गर्न र केही कुराहरूमा प्रतिबद्ध रहन तीन पटक भन्नुभयो:
पहिलो: अल्लाहका आज्ञाहरू पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर केवल उहाँको उपासना गर्ने र उहाँसँग कसैलाई साझेदार नबनाउनु।
दोस्रो: दिन र रातमा पाँचवटा अनिवार्य नमाज कायम गर्नु।
तेस्रो: आफ्नो हाकिमको जायज कुरामा आज्ञापालन गर्नु।
चौथो: आफ्ना सबै आवश्यकताहरू केवल अल्लाहसँग माग्ने, मानिसहरूबाट न माग्ने र यो कुरा उहाँले विस्तारै भन्नुभयो ।
सहाबाहरूले आफ्नो बैअतमा गरेका प्रतिज्ञाहरूलाई व्यवहारमा उतारे। यसबारे रावी (हदीस सुनाउने व्यक्ति) ले भन्नुभयो: ‘मैले तिनै सहाबामध्ये एकजनाको कोर्रा खसेको देखें। उनले कसैलाई उठाइदिन भनेनन्, बरु आफैं तल ओर्लिए र आफ्नै हातले उठाए।