عَنْ أَنَسٍ رضي الله عنه قَالَ:
كَانَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يُكْثِرُ أَنْ يَقُولَ: «يَا مُقَلِّبَ القُلُوبِ ثَبِّتْ قَلْبِي عَلَى دِينِكَ»، فَقُلْتُ: يَا رَسُولَ اللهِ، آمَنَّا بِكَ وَبِمَا جِئْتَ بِهِ فَهَلْ تَخَافُ عَلَيْنَا؟ قَالَ: «نَعَمْ، إِنَّ القُلُوبَ بَيْنَ أُصْبُعَيْنِ مِنْ أَصَابِعِ اللهِ يُقَلِّبُهَا كَيْفَ يَشَاءُ».
[صحيح] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 2140]
المزيــد ...
अनस (रजियल्लाहु अन्हु) ले भन्नुहुन्छ कि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ गर्नुहुन्थ्यो: ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’, जसको अर्थ हो: "हे हृदयहरू परिवर्तन गर्ने मेरो पालनकर्ता! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस्।" मैले भनेँ: "हे अल्लाहका रसूल! हामीले तपाईं र तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गरेका छौं। के तैपनि तपाईं हाम्रो बारेमा डराउनुहुन्छ?" उहाँले भन्नुभयो: "हो, निस्सन्देह हृदयहरू अल्लाहका दुई औंलाहरू बीचमा छन्। उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ, फेर्नुहुन्छ।"
[सही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2140]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः धर्म र आज्ञाकारितामा अडिग रहन तथा पथभ्रष्टता र कुमार्ग बाट टाढा हुन दुआ (प्रार्थना) गर्नुहुन्थ्यो । अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो दुआ (प्रार्थना) अत्यन्तै धेरै पढिरहेको देखेर आश्चर्य मान्नुभयो । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई भन्नुभयो: "मानिसहरूको हृदय अल्लाहका दुई औंलाहरूका बीचमा हुन्छ। उहाँले तिनलाई जसरी चाहनुहुन्छ, त्यसरी पल्टाइदिनुहुन्छ। वास्तवमा, हृदय ईमान (आस्था) र कुफ्र (अविश्वास) दुवैको केन्द्र हो। यसको अत्यधिक परिवर्तनशील स्वभावका कारण यसलाई 'हृदय' (क़ल्ब) भनिएको हो; यो उम्लिरहेको भाँडोभन्दा पनि बढी पल्टिने खतरामा रहन्छ। अल्लाहले जसलाई चाहनुहुन्छ, उसको हृदयलाई मार्गदर्शन र धर्ममा अडिग राख्नुहुन्छ, र जसलाई चाहनुहुन्छ, उसको हृदयलाई पथभ्रष्टता र भ्रामकतातर्फ फर्काइदिनु हुन्छ।