عَنْ أَنَسِ بْنِ مَالِكٍ رَضِيَ اللَّهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«يَقُولُ اللَّهُ تَعَالَى لِأَهْوَنِ أَهْلِ النَّارِ عَذَابًا يَوْمَ القِيَامَةِ: لَوْ أَنَّ لَكَ مَا فِي الأَرْضِ مِنْ شَيْءٍ أَكُنْتَ تَفْتَدِي بِهِ؟ فَيَقُولُ: نَعَمْ، فَيَقُولُ: أَرَدْتُ مِنْكَ أَهْوَنَ مِنْ هَذَا، وَأَنْتَ فِي صُلْبِ آدَمَ: أَلّاَ تُشْرِكَ بِي شَيْئًا، فَأَبَيْتَ إِلَّا أَنْ تُشْرِكَ بِي».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6557]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“अल्लाहले कयामत (प्रलय) को दिन नर्कका वासीहरूमध्ये सबैभन्दा कम यातना पाउने व्यक्तिलाई सोध्नुहुनेछ: यदि यो पृथ्वीमा भएको सम्पूर्ण कुरा तिम्रो स्वामित्वमा हुन्थ्यो भने, के तिमीले (यो सजायबाट बच्न) त्यसलाई फिरौती स्वरूप दिने थियौ? उसले उत्तर दिनेछ: हो, अवश्य नै दिने थिए। तब अल्लाहले भन्नुहुनेछ: मैले त तिमी जब तिमी अझै आदमको पिठ्युँमा थियौ तिमीसँग योभन्दा धेरै सजिलो कुरा मात्र चाहेको थिएँ– कि तिमीले म सँग अरू कसैलाई साझेदार (शिर्क) नठहराउनू। तर तिमीले त्यसलाई अस्वीकार गर्यौ र शिर्क गर्नमा नै लागिरह्यौ।“

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6557]

व्याख्या

यो हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि नरकमा सबैभन्दा कम सजाय भोग्ने व्यक्तिलाई अल्लाहले भन्नुहुनेछ: "यदि यो पृथ्वी र यसमा भएका सबै थोक तिम्रो भएको भए, के तिमीले यो सजायबाट छुटकारा पाउन ती सबै कुरा फिरौतीको रूपमा दिने थियौ?" उसले भन्नेछ: हो, मैले अवश्य नै दिने थिए । अल्लाहले भन्नुहुनेछ: "मैले तिमीलाई त्योभन्दा सजिलो कुराको आदेश दिएको थिएँ। जब तिमी आदमको पिठ्यूँमा थियौ, तिमीसँग वाचा लिइएको थियो कि तिमीले शिर्क (साझेदारी) गर्ने छैनौ; तर तिमीले शिर्क (बहुदेववाद) बाहेक अरू केही स्वीकार गरेनौ (अर्थात् शिर्क गर्नमै अडिग रह्यौ)।"

हदीसका केही फाइदाहरू

  1. यसमा तौहीद (एकेश्वरवाद) को उत्कृष्टता र यसलाई व्यवहारमा उतार्ने कुराको सहजता बारे व्याख्या गरिएको छ।
  2. यसमा शिर्क (साझेदारी) गर्ने कार्यको खतरा र त्यसको परिणामको व्याख्या गरिएको छ।
  3. अल्लाहले आदमका सन्तानहरूसँग, जब उनीहरू आदमको पिठ्यूँमा थिए, शिर्क (साझेदार बनाउने) नगर्ने दृढ वाचा लिनुभएको थियो।
  4. यसमा शिर्क (अल्लाहसँग अरूलाई साझी बनाउने कार्य) बाट गम्भीर रूपमा सचेत गराइएको छ। साथै, यो तथ्य पनि स्पष्ट पारिएको छ कि सत्य इन्कार गर्नेहरू (काफिरहरू) का लागि कियामतको दिन सम्पूर्ण सांसारिक धन-सम्पत्ति र वैभव निरर्थक हुनेछ; त्यसले उनीहरूलाई रत्तिभर पनि लाभ वा मुक्ति प्रदान गर्न सक्ने छैन।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (51)
थप