+ -

عن عبد الله بن عمرو رضي الله عنهما قال: قال رسول الله صلى الله عليه وسلم:
«يقالُ لصاحبِ القرآن: اقرَأ وارتَقِ، ورتِّل كما كُنْتَ ترتِّل في الدُنيا، فإن منزِلَكَ عندَ آخرِ آية تقرؤها».

[حسن] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وأحمد] - [سنن أبي داود: 1464]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"

[हसन] - [अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 1464]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, सधैं कुरआन पढ्ने, त्यसलाई कण्ठ पार्ने र त्यही अनुसार कर्म गर्ने व्यक्तिलाई, स्वर्गमा प्रवेश गरिसकेपछि भनिनेछ : कुरआन पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर। तिमीले जसरी संसारमा सम्झेर मनन गर्दै विस्तारै तिलावत गर्थ्यौ, त्यसैगरी पढ्दै गर; तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी तागालोग कुर्दिश हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन चेक मालागासी इटालियन ओरोमो कन्नड अजेरी उज्बेक युक्रेनी
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. कर्महरूको प्रतिफल मात्रा र कैफियत अनुसार प्रदान गरिनेछ ।
  2. यस हदीसमा कुर्आनको तिलावत (वाचन) गर्ने, हिफ्ज (कण्ठ) गर्ने, मनन गर्ने र त्यस अनुसार कर्म गर्न प्रोत्साहन दिइएको छ ।
  3. स्वर्गमा धेरै श्रेणी र स्तरहरू छन्, कुर्आनको ज्ञान प्राप्त गरेको मानिसहरूले स्वर्गको उच्चतम स्तर प्राप्त गर्नेछन् ।
थप