+ -

عَنْ مَالِكِ بْنِ أَوْسِ بْنِ الْحَدَثَانِ أَنَّهُ قَالَ: أَقْبَلْتُ أَقُولُ مَنْ يَصْطَرِفُ الدَّرَاهِمَ؟ فَقَالَ طَلْحَةُ بْنُ عُبَيْدِ اللهِ وَهُوَ عِنْدَ عُمَرَ بْنِ الْخَطَّابِ رضي الله عنهما: أَرِنَا ذَهَبَكَ، ثُمَّ ائْتِنَا، إِذَا جَاءَ خَادِمُنَا، نُعْطِكَ وَرِقَكَ، فَقَالَ عُمَرُ بْنُ الْخَطَّابِ: كَلَّا، وَاللهِ لَتُعْطِيَنَّهُ وَرِقَهُ، أَوْ لَتَرُدَّنَّ إِلَيْهِ ذَهَبَهُ، فَإِنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«الْوَرِقُ بِالذَّهَبِ رِبًا، إِلَّا هَاءَ وَهَاءَ، وَالْبُرُّ بِالْبُرِّ رِبًا، إِلَّا هَاءَ وَهَاءَ، وَالشَّعِيرُ بِالشَّعِيرِ رِبًا، إِلَّا هَاءَ وَهَاءَ، وَالتَّمْرُ بِالتَّمْرِ رِبًا، إِلَّا هَاءَ وَهَاءَ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1586]
المزيــد ...

मालिक बिन ‌औस बिन हदषानद्वारा वर्णन छ : भन्छन् : ,म "कसले दिनारसित बदलेर दिर्हम दिन्छ भन्दै आएँ ?" हजरत तब तल्हा बिन उबैदुल्लाह रजि. ले, जो उमर बिन खत्ताब रजि. को सामु थिए भने: "आफ्नो सुन देखाउनु होस्, फेरि पछि आउनु होला । जब हाम्रो सेवक आउँछ, हामी तपाईंलाई तपाईंको चाँदी दिन्छौं।" तब हजरत उमर बिन खत्ताब रजि.ले भन्नु भयो: "कदापि हुँदैन, अल्लाह कसम ! तपाईंले उसलाई चाँदी दिनुस् , वा तपाईंले उसलाई उनको सुन फिर्ता गर्नुस्, किन भने अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ:"
"चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने व्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने व्याज हो र जौं जौंको साटोमा यदि हाताहाती भएन भने व्याज हो , र खजूर खजूरको बदलामा यदि हाताहाती भएन भने व्याज हो "

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1586]

व्याख्या

ताबअी मालिक बिन औस भन्छन् कि उनीसँग सुनका सिक्काहरू थिए, र उनी तिनीलाई चाँदीका (सिक्का) दिरहममा साट्न चाह्नथे । त्यसमा उनसित ताल्हा बिन उबैदुल्लाह रजि.ले भन्नु भयो : "हामीलाई तिम्रा दिनारहरू देखाऊ, हेर्छौं ! " त्यस पछि उनले लिने दिने निर्णय गरे पछि भने: "जब हाम्रो सेवक एकछिनमा आउँछ, तब हामी तपाईंलाई चाँदीका दरहमहरू दिनेछौं।" उमर बिन खत्ताब रजि.त्यहाँ उपस्थित हुनुहुन्थ्यो । उहाँले यस्तो किसिमको किनबेचलाई गलत बताउनु भयो र हजरत तल्हा रजि.लाई कसम खाएर भन्नु भयो कि या त उनले चाँदी अहिल्यै दिऊन् वा लिएको सुन फिर्ता गरून् । उहाँले यसको कारण यो बताउनु भयो कि अल्लाहका नबीﷺले बताउनु भएको छ कि सुनका बदलामा चाँदी वा चाँदीलाई सुनसित साँट्नु छ भने लिनु दिनु हाताहती हुनु पर्छ । नत्र यो व्याज मानिन्छ र बेच्नु हराम हुन्छ । तसर्थ सुनलाई चाँदीको बदलामा र चाँदीलाई सुनसित साँट्दा तबै उचित हुन्छ जब लिनुलिनु हाताहाती हुन्छ र दुवै जनाले लिन पाउँछन् । यसरी नै गहुँलाई गहुँको बदलामा , जौलाई जौको बदलामा र खजुरलाई खजुरको बदलामा बेच्न त्यही अवस्थामा जायज हुन्छ जब तौल र नाप बराबर हुन्छ र दुवै जनाले उक्त बैठकमा (मालमा) कब्जा जमाएका हुन्छन् । यी कुराहरूमा एकातिर नगद र अर्को तिर उधारो राख्न मिल्दैन र (माल ) हात नपरुन्जेल छुट्टिन पनि मिल्दैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली थाई जर्मन पुश्तु असमिया अम्हारिक डच गुजराती रोमानियन ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा पाँच प्रकारको वर्णन भएको छ । सुन,चाँदी,गहुँ, जौ र खजूर । यदि किनबेचमा एकै प्रकारका बस्तु छन् भने यसलाई सही हुनका लागि दुई शर्तहरू अनिवार्य छन् । एक त कुरा भएको ठाउँमा नै दुवै जनाले सामान हातमा पाऊन् र अर्को दुवैतिर वजन बराबर हुनु पर्छ । यदि यस्तो भएन भने यसका थप भएर व्याजको रूप आउन सक्छ । यदि किन बेचको जिनिस फरक फरक भए किनमेलको कुरा सही हुनका निमित्त एउटा शर्त मात्र हुनेछ । त्यो हो एकै उक्त बैठकमा नै मुल्यमा कब्जा भएको होस् । यदि यो शर्त पूरा भएन भने " रिबन्नसियह" हुन जान्छ ।
  2. कुरा भएको बैठक भनेको किनबेचको स्थान हो । यसले कुनै फरक पर्दैन कि दुवै बसेका छन् वा हिँडि रहेका छन् । यसरी नै छुट्टिनु भनेको जसलाई सबैले अगल भएका हुन् भन्न सक्छ्न् ,त्यही नै मान्य हुनेछ ।
  3. यो मनाहीमा हरेक प्रकारको सुनको मनाही समावेश हुन्छ चाहे खारेको सुन होस् वा नखारेको । यसरी नै हरेक प्रकारको चाँदी पनि , चाहे गालेको होस् वा नगालेको ।
  4. आजभोलिका कर्नसी (मुद्रा)लाई परस्पर साँट्दाखेरि यो कुराको ख्याल राख्नु पर्ने हुन्छ जो चाँदीलाई सुनका साथमा बदलिँदा राख्नु पर्ने हुन्छ । अर्थात् दुवै तर्फका मानिसहरूले आपसको राजीखुसीमा कमीबेसी भए फरक पर्दैन । तर किनबेचको मज्लिसमा दुवै तर्फ कब्जा हुनु जरुरी हुन्छ । यदि यस्तो भएन भने व्याज हुन्छ र किनबेच निष्क्रिय हुन्छ ।
  5. व्याजी कारोबार जायज छैन र यस प्रकारका मामिलाहरू अकार्थ हुन्छ । चाहे दुवै जनाको राजीखुसी नै किन न होस् । किन कि इस्लामले मानवता र समाजको रक्षा गर्छ,चाहे उसले आफ्नो हक छोड्न नै पो किन नचाहोस् ।
  6. गलत काम भएको देखे मनाही गर्नु पर्छ र सके त रोक्नु नै पर्छ ।
  7. गलत काम भएकोमा मनाही गर्ने बेलामा प्रमाण पनि प्रस्तुत गर्नु पर्छ । हजरत उमर रजि. यही गरेर देखाउनु भयो ।
थप