عَنْ أَبِي عُبَيْدٍ، مَوْلَى ابْنِ أَزْهَرَ، قَالَ:
شَهِدْتُ العِيدَ مَعَ عُمَرَ بْنِ الخَطَّابِ رَضِيَ اللَّهُ عَنْهُ، فَقَالَ: هَذَانِ يَوْمَانِ نَهَى رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنْ صِيَامِهِمَا: يَوْمُ فِطْرِكُمْ مِنْ صِيَامِكُمْ، وَاليَوْمُ الآخَرُ تَأْكُلُونَ فِيهِ مِنْ نُسُكِكُمْ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1990]
المزيــد ...
इब्न अजहरका मुक्त दास अबू उबैदले भनेका छन्:
मैले उमर इब्ने खत्ताब (रजियल्लाहु अन्हु) सँग ईदको नमाज पढेँ। उनले भन्नुभयो, "यी दुई दिनहरू ती हुन् जसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उपवास राख्न निषेध गर्नुभएको छ — एउटा (रमजानपछिको) ईद उल-फित्रको दिन, र अर्को त्यो दिन जब तिमीहरू आफ्नो बलिदान (कुर्बानी) को मासु खान्छौ।" (अर्थात् ईद उल-अधाको दिन।)
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1990]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईद-उल-फित्र र ईद-उल-अजहाको दिनमा व्रत बस्न निषेध गर्नुभएको छ। ईद-उल-फित्रको दिन रमजानको व्रत समापन गरिएको खुसीयाली मनाउने दिन हो, र ईद-उल-अजहाको दिन कुर्बानीको मासु खाने दिन हो।