عَنْ كَعْبِ بْنِ عُجْرَةَ رضي الله عنه عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مُعَقِّبَاتٌ لَا يَخِيبُ قَائِلُهُنَّ -أَوْ فَاعِلُهُنَّ- دُبُرَ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ، ثَلَاثٌ وَثَلَاثُونَ تَسْبِيحَةً، وَثَلَاثٌ وَثَلَاثُونَ تَحْمِيدَةً، وَأَرْبَعٌ وَثَلَاثُونَ تَكْبِيرَةً».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 596]
المزيــد ...
काअ्ब बिन उज्रह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"प्रत्येक अनिवार्य सलाहपछि तस्बीह भन्नेहरू (वा पालना गर्नेहरू) असफल हुनेछैनन् । सुब्हानल्लाह ३३ चोटि, अल-हम्दु लिल्लाह ३३ चोटि र अल्लाहु अकबर ३४ चोटि ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 596]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले फर्ज सलाहपछि अज्कार पढ्नेहरू असफल हुने वा पछुताउने छैनन् र तिनीहरुले पुण्य पाउने छन् भनेर स्पष्ट पार्नुभएको छ, जुन हो:
"सुब्हानल्लाह" ३३ चोटि, अर्थात् अल्लाह सबै कमजोरीहरू भन्दा माथि हुनुहुन्छ ।
"अल-हम्दु लिल्लाह " ३३ चोटि, अर्थात् प्रेम र महिमाको साथमा अल्लाहको पूर्णताको वर्णन गर्दछु ।
"अल्लाहु अकबर" ३४ चोटि, किनकि अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।