عَنْ أَبِي الحَوْرَاءِ السَّعْدِيِّ قَالَ: قُلْتُ لِلْحَسَنِ بْنِ عَلِيٍّ رضي الله عنهما: مَا حَفِظْتَ مِنْ رَسُولِ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ؟ قَالَ: حَفِظْتُ مِنْ رَسُولِ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«دَعْ مَا يَرِيبُكَ إِلَى مَا لاَ يَرِيبُكَ، فَإِنَّ الصِّدْقَ طُمَأْنِينَةٌ، وَإِنَّ الكَذِبَ رِيبَةٌ».
[صحيح] - [رواه الترمذي والنسائي وأحمد] - [سنن الترمذي: 2518]
المزيــد ...
हजरत अबू हौरा सअदी (रहिमहुल्लाह)द्वारा वर्णन छ: मैले हसन बिन अली (रजियल्लाहु अनहुमा)सित सोधेँ: तपाईँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को के कुरा याद राख्नु भएको छ ? उहाँले भन्नु भयो : मैले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)सित यो याद राखेको छु :
"जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किन भने इमानदारी भनेको ढुक्क हुनु हो, र झूट भनेको शंका हो।"
[सही] - - [सुनन् तिर्मिजी - 2518]
नबी-ए-करीम (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्ता कथन र कर्महरूबाट टाढा रहने आदेश दिनु भएको छ जसका बारेमा शंका लाग्छ कि निषेधित छन् कि छैनन् ? हलाल हुन् वा हराम ? जबसम्म तिनीहरूको बारेमा कुनै शंका छैन । यस्तो कुरा अपनाउनु पर्छ जसको बारेमा तपाई यो राम्रो हो र हलाल हो भनेर निश्चित हुनुहुन्छ । किन कि हृदय यिनीहरूबाट ढुक्क रहन्छ र शान्त हुन्छ, र जुन कुरामा शंका छ त्यसले हृदयलाई चिन्तित र विचलित बनाउँछ ।