عَنْ عَبْدِ اللهِ بْنِ بُسْرٍ رضي الله عنه أَنَّ رَجُلاً قَالَ: يَا رَسُولَ اللهِ إِنَّ شَرَائِعَ الإِسْلاَمِ قَدْ كَثُرَتْ عَلَيَّ، فَأَخْبِرْنِي بِشَيْءٍ أَتَشَبَّثُ بِهِ، قَالَ:
«لاَ يَزَالُ لِسَانُكَ رَطْبًا مِنْ ذِكْرِ اللَّهِ».
[صحيح] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 3375]
المزيــد ...
हजरत अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ: एक जना मान्छेले भन्यो : हे अल्लाहका रसूल ! इस्लामका आदेशहरू धेरै भएकाले मलाई गार्हो भयो । तसर्थ मलाई कुनै यस्तो कुरा बताइ दिनु होस् कि जो म सजिलोगरि समात्न सकूँ । उहाँले भन्नु भयो :
"सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र ( जपन/ ध्यान)मा लागेको होस् ।"
[सही] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3375]
एक जना मान्छेले नबी-ए-करीम (सल्लल्लाहु अलैहि वसल्लम)सित गुनासो गर्यो कि उसलाई नफ्ली उपासनाहरू यति धेरै लाग्छन् कि कमजोरीका कारण पूरा गर्न सक्दैन । त्यस पछि उसले अनुरोध गर्यो कि कुनै सानो यस्तो काम बताइ दिनु पर्यो जसले धेरै सवाब ( प्रतिफल) मिलोस् र उसले त्यसलाई बलियोसित समात्न पनि सकोस् ।
सो अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले उसलाई यसको तरिका बताउनु भयो कि निरन्तर उसको मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस् । जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह,अस्तग्फिरुल्लाह आदी दुआहरू सम्मिलित छन् ।