عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ نَسِيَ وَهُوَ صَائِمٌ، فَأَكَلَ أَوْ شَرِبَ، فَلْيُتِمَّ صَوْمَهُ، فَإِنَّمَا أَطْعَمَهُ اللهُ وَسَقَاهُ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1155]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जसले बिर्सेर खायो वा पियो भने, उसले आफ्नो रोजा पूरा गरोस्। किनकि अल्लाहले उसलाई खुवाएका हुन् र पिउन दिएका हुन्।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1155]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जो कोहीले रोजा राखेको बेला बिर्सेर केही खानपिन गर्छ, चाहे त्यो फर्ज होस् वा नफिल, उसले आफ्नो रोजा पूरा गर्नुपर्छ। उसले त्यो तोड्नु हुँदैन। किनकि उसको उद्देश्य खान र पिउन थिएन। बरु, अल्लाह आफैंले उसलाई खुवाउनुभयो र पिउन दिनुभयो।