عن أَبِي أُمَامَةَ إِياسِ بنِ ثَعْلَبَةَ الحَارِثِيِّ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنِ اقْتَطَعَ حَقَّ امْرِئٍ مُسْلِمٍ بِيَمِينِهِ، فَقَدْ أَوْجَبَ اللهُ لَهُ النَّارَ، وَحَرَّمَ عَلَيْهِ الْجَنَّةَ» فَقَالَ لَهُ رَجُلٌ: وَإِنْ كَانَ شَيْئًا يَسِيرًا يَا رَسُولَ اللهِ؟ قَالَ: «وَإِنْ قَضِيبًا مِنْ أَرَاكٍ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 137]
المزيــد ...
अबू उमामा इयास बिन सालबा हारिसी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
“जसले झूटो कसम खाएर मुस्लिमको अधिकार खोस्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य र स्वर्गलाई हराम गरेको छन्।” एक व्यक्तिले सोध्यो: हे नबी! यदि त्यो सानो कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "हो, चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 137]
नबी करिम ﷺ ले अल्लाहको नाममा जानाजानी झूटो कसम खाएर कुनै मुस्लिमको अधिकार खोस्ने कामबाट चेतावनी दिनुभयो। र यसले व्यक्तिलाई नर्कको योग्य बनाउँछ र उसलाई स्वर्गबाट वञ्चित गर्छ भनी बताउनुभएको छ। र यो वास्तवमा ठूलो पाप हो। एक व्यक्तिले सोध्यो: ‘हे अल्लाहका रसूल, यदि कसम खाएर लिइएको वस्तु सानो मात्र भए पनि के सजाय उस्तै हुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: यदि त्यो मिस्वाकको लागि प्रयोग गरिने पिलु रूखको काठको टुक्रा भए पनि, सजाय उस्तै हो।