عَنْ سَعْدِ بْنِ أَبِي وَقَّاصٍ رضي الله عنه عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ قَالَ:
«مَنْ قَالَ حِينَ يَسْمَعُ الْمُؤَذِّنَ أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، وَأَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ، رَضِيتُ بِاللهِ رَبًّا وَبِمُحَمَّدٍ رَسُولًا، وَبِالْإِسْلَامِ دِينًا، غُفِرَ لَهُ ذَنْبُهُ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 386]
المزيــد ...
साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले मुअज्जिन (अजान दिने व्यक्ति) को अजान सुनेपछि भन्छ, "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना", उसका पापहरू क्षमा हुनेछन्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 386]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मुअज्जिनले अजान दिएको सुनेपछि भन्छ : "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु” अर्थ: म पुष्टि गर्दछु, स्वीकार गर्दछु र गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैनन् र उहाँ बाहेक अरू सबै, जसको पूजा गरिन्छ, मिथ्या हुन्। "व अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु" अर्थ: मुहम्मद अल्लाहको भक्त हुनुहुन्छ, जसको पूजा गरिदैन र उहाँ अल्लाहको रसूल हुनुहुन्छ, जसलाई झुठो ठहर्याउन सकिदैन भनेर स्वीकार गर्दछु । "रजीतु बिल्लाहि रब्बा" अर्थात् म अल्लाहको स्वामित्व, प्रभुत्व, पूज्यत्व र उहाँका नाम र गुणहरूप्रति विश्वास र आस्था राखेर सन्तुष्ट छु। “व बि मुहम्मदिन् रसूला” अर्थात्: म उहाँ (मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)) मार्फत पठाइएका सबै सन्देशहरू र उहाँले हामीसम्म पुर्याएका सम्पूर्ण शिक्षा र नियमहरू लाई स्वीकार गर्दछु। "व बिल्-इस्लामि" अर्थ: आदेश तथा निषेधहरू सहित इस्लामका सम्पूर्ण सिद्धान्तहरूलाई स्वीकार गर्दछु । "दीनन्" अर्थ: विश्वास र समर्पणका साथ स्वीकार गर्दछु । "उसका साना पापहरू क्षमा हुनेछन्" ।