+ -

عَنِ ‌ابْنِ عَبَّاسٍ رَضِيَ اللهُ عَنْهُمَا قَالَ:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَليهِ وَسَلَّمَ لا يَعْرِفُ فَصْلَ السُّورةِ حَتَّى تَنْزِلَ عَليْهِ {بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ}.

[صحيح] - [رواه أبو داود] - [سنن أبي داود: 788]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
"नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सूरहको अन्त्य र शुरुआत तबसम्म थाहा पाउनु भएन, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएन।"

[सही] - [अबू दाऊदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 788]

व्याख्या

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अनहुमा)ले स्पष्ट पारेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि कुर्आनका सूरहहरू अवतरित गरिन्थ्यो, तर उहाँलाई एउटा सूरहको अन्त्य र अर्को सूरहको शुरुआत भएको थाहा हुँदैनथ्यो, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएको थिएन। त्यस अवतरण पछि उहाँलाई अघिल्लो सूरह सकिएको र नयाँ सूरह शुरु भएको थाहा हुन थाल्यो।"

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية اللينجالا المقدونية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सूरह "अन्फाल" र सूरह "तौबा" बाहेकका सूरहहरूमा "बिस्मिल्लाह" द्वारा अघिल्लो सूरह समाप्त भएको र नयाँ सूरह सुरु भएको थाहा पाइन्छ ।
थप