+ -

عَنْ أَبِي أُمَامَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ قَرَأَ آيَةَ الْكُرْسِيِّ فِي دُبُرِ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ لَمْ يَمْنَعْهُ مِنْ دُخُولِ الْجَنَّةِ إِلَّا أَنْ يَمُوتَ».

[صحيح] - [رواه النسائي في الكبرى] - [السنن الكبرى للنسائي: 9848]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।"

[सही] - - [सुनन् कुब्रा लिन्निसाई - 9848]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन । 'आयतुल कुर्सी' भनेको सूरह बकरहको यो आयात हो : {अल्लाहु ला इलाह इल्ला हुवल्-हय्युल्-कय्यूम्, ला ता-खुजु हु सि न तुव्वला नौम्, लहु माफिस्समा वाति वमा फिल्-अर्ज, मन् जल्लजी यश्फऊ इन्दहु इल्ला बिइज्-निह, याअ्-लमु मा बैन एैदिहिम् वमा खल्फहुम्, वला युही तू न बिशैइम् मिन् इल्मिही इल्ला बिमा शा अ, व सि अ कुर्सिय्यु हुस्समा वाति वल्-अर्ज, वला यऊदुहू हिफ्जु हुमा व हुवल्-अलिय्युल्-अजीम्} [अल्-बकरह: २५५ ]

हदीसका केही फाइदाहरू

  1. यस महान आयातको सद्गुण; यसमा अल्लाहका उत्कृष्ट नाम र उच्चतम गुणहरू उल्लेख गरिएका छन् ।
  2. हरेक फर्ज नमाजपछि यो महान आयत पढ्नु मुस्तहब हो ।
  3. राम्रो कर्म स्वर्गमा प्रवेश गर्ने कारण हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप